Home » स्वास्थ्य » Page 22
Category:

स्वास्थ्य

यस धर्तीमा अनेक प्राणी बसेका छन्। तीमध्ये मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जसले टाउको मुनि सिरानी राखेर सुत्छ। हिजो आज सिरानी टाउकोमा मात्र होइन घुँडाका बीचमा राख्ने सुत्ने चलन पनि छ। मान्छेबाहेक अन्य कुनै पनि जनावरले सिरानी राखेर सुतेको आजसम्म देखिएको छैन। आखिर मानिसले मात्र किन सिरानी राखेर सुत्छ त ? विना सिरानी सुत्दा के हानी हुन्छ ?

मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । त्यसो भए सिरानी बिना सुत्न सकिएला कि नसकिएला ? सिरानी नभए पनि म निदाउँछु भनेर सोच्ने मानिस कति होलान् ? सामान्यत: सुत्नुअघि नै मानिसले सिरानी खोई भन्न थालिहाल्छ। सिरानी बिना त निन्द्रा नै लाग्दैन …

0 comment
0 FacebookTwitterEmail

भारत दिल्लीको उच्च अदालतले बुधवार योग गुरु बाबा रामदेवलाई एलोप्याथिक औषधि र कोविड भ्याक्सिनको बारेमा जनतालाई भ्रममा पार्नु हुँदैन भन्यो।भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार अदालतले रामदेवलाई पतञ्जली उत्पादन कोरोनिलको पक्षमा बोल्दा निराधार दाबी नगर्न आग्रह गरेको छ ।

कोभिड–१९ को उपचारका लागि पतञ्जली कम्पनीले विकास गरेको कोरोनाको सम्बन्धमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिताबारे गलत सूचना फैलाएको, जनतामा भ्रम फैलाएको भन्दै रामदेवविरुद्ध डाक्टरहरूको विभिन्न संघसंस्थाले दायर गरेको मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधिश अनुप जयराम भम्बानीले रामदेवलाई भन्नुभयो, ‘सुरुदेखि मेरो एउटै चिन्ता छ। तपाईंका अनुयायीहरू राख्न स्वतन्त्र हुनुहुन्छ। तपाईं आफ्ना चेला बनाउन पनि स्वतन्त्र हुनुहुन्छ। तपाईंले भनेका सबै कुरा सुन्ने र …

0 comment
0 FacebookTwitterEmail

विश्वको कुल जनसंख्याको एक चौथाई जनसंख्याको आश्रयस्थल दक्षिण एसियाली देशहरू (अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका) मा मानसिक स्वास्थ्य समस्या व्यापक रूपमा छ। यहाँ १५  देखि २० करोड मानिसहरू व्यग्रता ( एनजाइटी), डिप्रेसन (अवसाद), बाइपोलार डिसअर्डर, आत्महत्याजन्य व्यवहार, अनेकथरीका फोबिया (डर) र सुर्ती/औषधि/मदिराको लतबाट पीडित छन्। डिप्रेसन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया र अन्य मनोवैज्ञानिक विकारहरू, डिमेन्सिया, बौद्धिक असक्षमता र अटिजम जस्ता शारिरीक विकासका अशक्ततालाई मानसिक तथा स्नायुजन्य समस्यालाई विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य ग्याप एक्शन प्रोग्राम (एमएचग्याप) भीत्र राखेको छ। यस क्षेत्रका आठ राष्ट्रहरूमध्ये, पाकिस्तानमा सामान्य मानसिक समस्याहरू सबैभन्दा बढी छ।

सम्भ्रान्तदेखि सामान्य मानिससम्म आमरूपमा मानसिक स्वास्थ्य समस्याहरूबाट …

0 comment
0 FacebookTwitterEmail

छाला, कपाल, नङ, ओठ आदिलाई कृत्रिम तरिकाले सुन्दर देखाउनु वा सिँगार्नुभन्दा प्राकृतिक रूपमै स्वस्थ बन्नु हरेक दृष्टिले उत्तम हो। आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रिस्तम्भ भनिन्छ। यी तीन चिजको सन्तुलित एवं गतिशील अभ्यासबाट आरोग्यसँगै दिगो सुन्दरता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अस्वस्थ मान्छे सुन्दर भएर पनि दुखी हुन्छ। स्वस्थ मान्छेलाई बाहिरी सुन्दरता नभए पनि खुशी भएर बाँच्न सक्छ। स्वास्थ्य प्राथमिक विषय हो भने सुन्दरता सहायक।

आहार

भोजन जीवनको लागि हुन्छ नकि जीवन भोजनका लागि। सामान्यत भोजनले ३ थरीको कार्य गर्दछ: पहिलो शारीरिक कार्य (शरीर निर्माण, ऊर्जा प्रदान, सुरक्षा,

दिगो सुन्दरताको आधार: आयुर्वेदका त्रिस्तम्भ
0 comment
0 FacebookTwitterEmail

बुटबल उपमहानगरपालिका तथा आसपासमा डेंगुका बिरामी भेटिएपछि  स्थानीय  सरकारहरूले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू गरेका छन्।

२०६७ सालमा नेपालमा डेंगुको महामारी फैलिएको थियो त्यस बेला रूपन्देहीमा पनि ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांकमा उल्लेख छ।  त्यसपछि रूपन्देहीमा प्रत्येक वर्ष साउनदेखि असोजसम्म डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो। उहाँका अनुसार २०६७/६८ मा  २९०,  २०६८/६९ मा ५ जना २०६९/७० मा २५ जना २०७०/७१ मा १२ जना २०७२/७३ मा ९ जना २०७३/७४ मा ७ जना २०७३/७४ मा १६१ जनामा २ जनाको मृत्यु, २०७४/७५ मा १०३१  मध्ये २ जनाको मृत्यु, …

डेंगु फैलिएपछि बुटबलमा लामखुट्टे मार्ने अभियान
0 comment
0 FacebookTwitterEmail

भारतमा एपिलेप्सीका बिरामीको उपचारका लागि आईआईटी दिल्लीले यस्तो नयाँ प्रविधिको विकास गरेको छ, जसका माध्यमबाट बिरामीको मस्तिष्कको शल्यक्रिया आवश्यक पर्ने ठाउँका बारेमा सजिलै पत्ता लगाउन सकिन्छ। अनुसन्धानकर्ताहरूले यस प्रविधिलाई ‘नन-इनभेसिभ ईईजी आधारित ब्रेन सोर्स लोकलाइजेशन’ नाम दिएका छन्। यस प्रविधिको मद्दतले यो प्रक्रियामा लाग्ने समयको बचत मात्र गर्दैन, बिरामीको पीडा र असुविधा पनि कम हुन्छ।

एपिलेप्सी संसारको चौथो सबैभन्दा बढी हुने न्यूरोलोजिकल विकार हो, जसले सामान्यतया स्नायु प्रणालीलाई असर गर्छ। आज विश्वभर करोडौं मानिस यसको सिकार भएका छन्। यस विकारमा, बिरामीलाई आघात पर्छ अनि मुर्छा पर्ने, हातखुट्टा काम्ने, शरीर लल्याकलुलुक हुने, आँखा पल्टाउने, फिंज काढ्ने, जिब्रो टोक्ने र बेहोस हुने …

छारे रोगको उपचारमा नयाँ प्रविधि
0 comment
0 FacebookTwitterEmail

हेटौडाको हेटौडा अस्पताल अब थप सुविधासहित नयाँ भवनबाट सञ्चालन हुने भएको छ । प्रदेशको राजधानी समेत रहेको हेटौडा स्वास्थ्योपचार लगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै पछाडि परेको सहरको रूपमा रहेको थियो । यहाँको सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको हेटौडा अस्पताल विगतमा ‘रिफर’ अस्पतालको रूपमा चिनिन्थ्यो भने निजी क्षेत्रले पनि स्वास्थ्य सेवाको क्षेत्रमा खासै लगानी गर्न सकिरहेका थिएनन् ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी हेटौडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याई स्वास्थ्य शिक्षासहितको स्वास्थ्य सेवा दिन तयारी गरिरहेको छ । विगतमा जम्मा ५० शैयाको हेटौडा अस्पताल अहिले सुविधासम्पन्न अस्पतालमा परिणत भएको छ ।
३० करोडको …

हेटौंडा अस्पतालको स्तरोन्नति हुँदै,  प्रतिष्ठानले थप विषय पढाउन सुरु गर्ने
0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो । पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन । एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन । खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन । काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो ।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन् । व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन् । पकाइएको केही परिकार प्याक गरेर राखिन्छ । यसरी एकपटक बनेको खानालाई …

फर सेल वन्ली इन नेपाल: प्रशोधित खानेकुराको लतमा नेपाली समाज
0 comment
0 FacebookTwitterEmail

चीनले सधैँ आफ्नो जनसांख्यिक तथ्याङ्कहरूको बारेमा गलत खबर फैलाएको छ र आधिकारिक तथ्याङ्कलाई चुनौती दिने जो कोहीका विरुद्धमा कारबाही गर्दै आएको छ। त्यसैले चीनमा देशको जनसङ्ख्याको वास्तविक आकार र वृद्धिको प्रक्षेपणका बारेमा लामा बहसहरू भएका छन्। तर भर्खरै, ठूला मात्रामा तथ्याङ्क चुहिँदा भारतको जनसङ्ख्याले सन् २०२३ मा चीनको जनसङ्ख्यालाई उछिन्ने देखिएको छ।  

चीनको आधिकारिक जनसांख्यिक तथ्याङ्कहरू व्यवस्थित रूपमा अधिक अनुमान गरिएको छ भन्ने सबैलाई थाहा भए पनि, अधिकारीहरूले तथ्याङ्क माथि प्रश्न उठाउने जो कोहीलाई पनि कारबाही गर्दै आएको छ। उदाहरणका लागि, मेरो पुस्तक ‘बिग कन्ट्री विथ एम्प्टी नेस्ट’ सन् २००७ मा प्रकाशित हुँदा तुरुन्तै प्रतिबन्ध लगाइएको थियो, किनभने यसले चीनमा …

0 comment
0 FacebookTwitterEmail

वनस्पति र मानवबीचको अन्तरक्रियासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘इथ्नोबोटनी’ भनिन्छ। कुनै पनि स्थान विशेषमा पाइने वनस्पतिहरूको तथ्य एवं तथ्याङ्क संकलित पुस्तकलाई ‘फ्लोरा’ भनिन्छ।

उपलब्ध भएजति सबै वनस्पति ‘औषधीय वनस्पति’ (जडीबुटी) को रूपमा प्रयोग हुँदैनन्। आधुनिक अनुसन्धानबाट स्थापित, परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा प्रयोग हुने वनस्पतिहरूलाई मात्र जडीबुटीको रूपमा प्रयोग गरिन्छ।

परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा विभिन्न जाति जनजाति विशेषले प्रयोग गर्ने वनस्पतिहरूको जैवरसायनिक औषधीय तत्त्वसँग तुलनात्मक अध्ययन गर्नुलाई ‘इथ्नोमेडिसिन’ भनिन्छ। हिजोआज आयुर्वेदीय ग्रन्थहरूमा उल्लिखित औषधीय वनस्पतिहरूको ‘इथ्नोमेडिसिनल’ पक्षको अध्ययन व्यापक रूपमा भइरहेको छ।

पृथ्वीमा लगभग १० लाख बढी जनावर र लगभग ५ लाखभन्दा बढी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved