Home » स्वास्थ्य » Page 24
Category:

स्वास्थ्य

पोखरामा डेरा गरी बस्ने सुनिता शर्मा (नाम परिवर्तन) अहिले १९ वर्षको हुनुभयो। एकै उमेरको श्रीमानसँग प्रेम विवाह गर्नुभएकी सुनिता अहिले गर्भवती हुनुहुन्छ। कलिलो उमेर त्यसैमाथि घरपरिवारबाट टाढा र बेरोजगारको अवस्था रहदा उहाँको गर्भ बस्यो। उहाँलाई आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अन्यौल छ। सुनिता जस्तै कास्कीमा यस वर्ष मात्र १ हजार ३ सय १७ जना २० वर्षभन्दा मुनिका किशोरी पहिलो पटक गर्भवती जाँचका लागि स्वास्थ्य संस्था पुग्नुभयो। देशभरको अन्य ठाउँको अवस्था जस्तै कास्कीमा पनि २० वर्ष मुनि आमा बन्नेहरूको संख्या घट्न सकेको छैन।

सामान्य भन्दा २० वर्ष मुनि आमा बन्नेहरूलाई दुई गुणा बढी जटिलता आउने बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यलय …

किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार
0 comment
0 FacebookTwitterEmail

गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभामा बजेटका विषयमा उठेको प्रश्नको जवाफ दिँदैबजेटको नीतिले स्वदेशी सेनेटरी प्याड उद्योग थप लाभान्वित हुने र विस्तारै गुणस्तरीय उत्पादन सुरु भएपछि प्याडको आयात नै रोकिने बताउनु भएको थियो। सांसदहरूले आयातका सन्दर्भमा घुमाउरो बाटोबाट कच्चा पदार्थ ल्याउने स्वदेशी उद्योगीलाई थला पार्न खोजको तथा विदेशी तयारी उत्पादन आयातमा समेत विशेष छुट तोकेर निश्चित व्यापारीलाई पोस्न खोजको भन्ने प्रश्न उठाएपछि मन्त्री शर्माले आफ्नो बजेट नीतिको प्रतिरक्षा गरेका थिए।

संसदमा मन्त्री शर्माले सेनेटरी प्याडको स्वदेशी उद्योगलाई वर्षमा २ अर्बको व्यापार सुनिश्चित सरकारले गरेको दाबी गरिरहँदा स्वदेशी उद्योगी भने आन्दोलनमा थिए। तयारी प्याडको आयात र कच्चा पदार्थको आयात …

रातो कर विवादः भन्सार घट्यो तर विदेशी सेनेटरी प्याडको मूल्य किन बढ्यो ?
0 comment
0 FacebookTwitterEmail

शरीर ढाक्नलाई कपडा लगाइन्छ। पहिले पहिले शरीर ढाक्नलाई सहज र सफा लुगा भए पुग्थ्यो। विस्तारै मानिसलाई त्यतिले मात्र पुगेन कपडा लगाएपछि राम्रो पनि देखिनुपर्छ भन्ने भयो। मानिसको सोच परिवर्तन हुँदै गयो। जब शरीरलाई सुन्दर देखाउन वा अरुलाई आकर्षित गर्न कपडा लगाउन थालियो तब त्यहाँ सहजता कमै मतलवको विषय हुनथाल्यो।

हामीले लगाउने लुगाहरू मोजा, पेन्टी, गञ्जी, ब्रा आदि प्राय:ले लगाउने भित्रि पहिरन हुन्। जुन शरीरको छालाको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। यी भित्री पहिरनहरू छालाको स्वास्थ्य र मानसिक स्वास्थका दृष्टिले निकै संवेदनशील हुन्छन् तर प्राय:ले यसबारे ध्यान पुर्‍याएका हुँदैनन्। भित्री पहिरन अरुले देख्ने होइनन् भनेर जस्तो सुकै भए पनि चल्छ …

मोजा, पेन्टी, गञ्जी र ब्रा पनि तनावको कारक
0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजीमा एउटा उखान छ– ‘एभ्री इफोर्ट्स काउन्टस्’ अर्थात् हरेक प्रयासले अर्थ राख्छ। यसलाई आधार मान्दा पनि हामी भन्न सक्छौं– हामीले गर्ने कुनै पनि क्रियाकलापको मूल्याङ्कन भइरहेको हुन्छ र त्यसले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ। कुन क्रियाकलापले हाम्रो जीवनमा के प्रभाव पारिरहेको छ त्यसको जानकारी प्राप्त गर्न हामी कति सचेत भएर बाँचिरहेका छौं भन्नेमा भरपर्छ।

जीवनमा स–साना अभ्यास वा बानी व्यहोराले पनि ठूलो परिवर्तन ल्याइरहेको हुन्छ। हामीले लगाउने चप्पलजुत्ताले स्वास्थमा खासै केही फरक पर्दैन भन्ने आम नागरिक बुझाइ छ। यो बुझाइ गलत छ। हामीले लगाउने  चप्पलजुत्ताले स्वास्थ्यमा धेरै खालका सकारात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन्। चप्पलजुत्ता पैताला वा खुट्टालाई सुरक्षा दिने …

गलत जुत्ताचप्पलः बिग्रिन्छ ज्यान
0 comment
0 FacebookTwitterEmail

सन् १९९५ मा कंगोमा इबोला भाइरसको महमारी फैलियो । रोगको स्रोत थियो– संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी । इबोला संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी सफा गर्ने क्रममा मानिसमा फैलिएको भाइरसले कंगोमा करिब दुई सय ४५ जनाको ज्यान लियो ।
यही भाइरस सन् २००८ को फेब्रुअरीमा युगाण्डामा देखियो । जसमा झण्डै ५० जनाले ज्यान गुमाए । बाँदर तथा चिम्पाञ्जी कै कारण युगाण्डा हुँदै इबोलाको महामारी छोटो समयमै अफ्रिकी मुलुकहरू नाइजेरिया, गिनी, सेयरालियोन हुँदै लाइबेरियासम्म फैलियो । विश्व स्वास्थ्य संगठनका अनुसार, गिनी, सेयरालियोन र लाइबेरियामा इवोलाले एक सय भन्दा बढीको ज्यान लियो ।
यस्तै जंगली बाँदरबाट सर्न सक्ने घातक भाइरस अध्यनका क्रममा …

उपत्यकामा बादँरबाट सरुवा रोगको संक्रमण फैलने त्रास
0 comment
0 FacebookTwitterEmail

गत जेठ २५ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीनजना युवालाई लागू पदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागू पदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८/७९ को जेठ मसान्तसम्म मात्र २ सय २३ वटा लागू औषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा ३ सय ९ जना पुरुष र महिला १३ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १ सय ४९ मुद्दा दायर भएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक …

दुर्व्यसनको दलदलमा युवा
0 comment
0 FacebookTwitterEmail

के हो स्वर्ण प्राशन ?
स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ …

इम्युनिटीवर्धक खोप: आयुर्वेदीय स्वर्ण प्राशन
0 comment
0 FacebookTwitterEmail

अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ । कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति थप संवेदनशील हुन्छन् । त्यसैले अनेक कारणले यस ऋतुमा ठूला मानिस तथा साना बालबालिकाहरू पनि अन्य समय भन्दा बढी बिरामी हुने गर्दछन् ।
गर्मी मौसममा खाना र पानीको सन्तुलन वा खानपानशैली नमिलेर पनि बालबालिकाहरूमा सामान्यत दिसा पातलो आउने, दिसामा रगत देखिने, अनि बान्ता पनि गर्नेजस्ता समस्या देखा पर्न सक्छन् । त्यससँगै …

भ्रममा नपरौं, गाईको दुध नै ठिक
0 comment
0 FacebookTwitterEmail

कास्की रुपा गाउँपालिकाकी निर्मला पौडेललाई आफ्नी २१ वर्षकी छोरी अरु जस्तै बुझ्ने र काम गर्ने भइदिए हुन्थ्यो भन्ने लाग्छ । पौडेललाई राम्ररी थाहा छ कि उहाँको यो चाहना पूरा हुन सक्दैन तर पनि आश गर्न भने छाड्नुहुन्न । उहाँकी छोरी एक बौद्धिक अपाङ्ग हुनुहुन्छ । दैनिक जीवनमा आइपर्ने काम गर्नका लागि उहाँको छोरी स्वस्तिकालाई सहज छैन । छोरीलाई रेखदेख गर्नुपर्ने भएकाले आमा निर्मला घर छाड्नुहुन्न । कहिँकतै जानुपरे छोरीलाई साथैमा लिएर हिँड्नु हुन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवारका लागि आयोजना गरिएको स्याहार सम्बन्धी तालिममा सहभागी हुन पौडेलले छोरीलाई सँगै लिएर पोखरा आउनुभयो ।
स्वस्तिका …

बौद्धिक अपाङ्गता: मान्छे सग्लै, के को अपाङ्ग ?
0 comment
0 FacebookTwitterEmail

“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै  सरकारले सेनेटरी प्याडको  भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ।  सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी प्याडको आयात गर्दा लाग्ने भन्सार शुल्कका कारण महंगो बनिरहेको बेला सरकारले यसको भन्सार दर घटाएको हो।
सरकारले बजेट भाषण मार्फत यस्ता सामान नेपालमै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थ आयातमा पनि १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने घोषणा गरेको छ। यसबाट गुणस्तरीय सेनेटरी प्याड भित्रिने र स्वदेशमै सुपथ मूल्यमा उत्पादन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved