Home » अर्थतन्त्र/विकास » Page 23
Category:

अर्थतन्त्र/विकास

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले १९ पुसको हस्ताक्षरसँगै सार्थकता पाएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो। प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय ‘होटल म्यानेजमेन्ट’ विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ। अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताउनुभयो। बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउनुहुन्छ। होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताउनुभयो।

नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आउनुभएकी …

0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राख्नुभएको छ। भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा पुस १८ गते ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताउनुभएको हो।

“नागरिकलाई सुरक्षित गर्ने कुरामा गम्भीर ढङ्गले लागेको छ। पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन स्रोत र साधनको परिचालन र वितरणमा स्थानीय र प्रदेश सरकारको प्रत्यक्ष सहयोग र कार्यान्वयनमा ध्यान दिनुपर्छ। रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरेर पनि सहज हुँदैन, उनीहरुको …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।  नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको पुस १८ गते यहाँ उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्नसके मात्र आर्थिक विकासको ढोका खुल्ने बताउनुभयो। पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो।

“ठूला पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा …

0 comment
0 FacebookTwitterEmail

एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो।

यस वर्ष ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो। महोत्सवका अवसरमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो। कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो।

मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा …

0 comment
0 FacebookTwitterEmail

दैलेख ठाटीकाँध गाउँपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन। जिन्दगी बदल्न र पैसा कमाउन विदेश जानुपर्छ भन्ने उहाँको सोच थियो। त्यही सिलसिलामा काठमाडौँमा बसेर कोरिया जाने तयारी गरिरहनुभएको थियो। करिब एक वर्ष तयारी गर्नुभयो। पढाइमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन।

त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो। लामो समय सम्म पनि माल्टाको भिसा आएन। विदेशको भिसा नआएपछि झनै मन आत्तिन थाल्यो। घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो। दिनरात गन्दै विदेशको भिसा नआएपछि उहाँले बाटो मोड्नुभयो। बाटो मोडेर विदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उहाँमा नयाँ सोच …

0 comment
0 FacebookTwitterEmail

नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ। विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ।

मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ। चीनमा चार सय ३३, जापानमा तीन सय ९७, अमेरिकामा तीन सय २२ अण्डा वार्षिक प्रतिव्यक्ति खपत हुने गरेको छ।

यस्तै क्यानडामा तीन सय दुई, बङ्गलादेशमा ८०, भारतमा ७९ र पाकिस्तामा ७२ प्रतिव्यक्ति अण्डा खपत हुने गरेको मञ्चले जनाएको छ। मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कुखुराको मासुको खपतमा समेत नेपाल निकै तल रहेको छ। …

0 comment
0 FacebookTwitterEmail

इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ। सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्। रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन्।

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताउनुभयो। “इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ”, उहाँले भन्नुभयो, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ।”

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत  रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नै बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सघाउन नसनेको बताउनुभएको छ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)को चौथौँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको कर्जा लगानीको अनुपातमा आर्थिक वृद्धिसमेत नदेखिएको बताउनुभयो।

“अहिले करिब रू ६० खर्बको बचत बैंकिङ क्षेत्रमा छ। करिब रू ५० खर्बको कर्जा विस्तार भएको छ। त्यो लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको त भन्न मिल्दैन। तर, अपेक्षाअनुसार छैन”, श्रेष्ठले भन्नुभयो, “उत्पादन र रोजगारी वृद्धि भयो भने त्यसको पहिलो लाभ बैंक तथा वित्तीय क्षेत्रलाई नै …

कर्जा लगानीले किन भएन उत्पादन वृद्धि र रोजगारी सिर्जना?
0 comment
0 FacebookTwitterEmail

कोभिड महामारीका कारण थला परेको पर्यटन व्यवसायमा नेपाल पर्यटन बोर्डको २०२३ मा १० लाख पर्यटक नेपाल आएको तथ्याङ्क ठुलो आशा पलाएको छ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ। १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ। चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पुर्‍याउने घोषणा गरेको थियो। सन् २०२२ मा  केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा पनि छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यस …

२०२३ मा नेपाल आए १० लाख पर्यटक, अब कसरी बढाउने?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved