Home » अर्थतन्त्र/विकास » Page 7
Category:

अर्थतन्त्र/विकास

दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात÷आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गर्नुभयो ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आउनुभएका ६० वर्षीय बलराम साहले भन्नुभयो, “यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो …

0 comment
0 FacebookTwitterEmail

जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार …

0 comment
0 FacebookTwitterEmail

बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ । अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको

0 comment
0 FacebookTwitterEmail

नेपालको बजेट प्रणालीमा पारदर्शिता, जनसहभागिता र बजेटको नियन्त्रण प्रणाली सन्तोषजनक नरहेको तथा संसद्को भूमिका अति नै कमजोर रहेकोमा सम्बद्ध क्षेत्रका पदाधिकारीहरूले चिन्ता प्रकट गरेका छन् ।

नेपालमा बजेट पारदर्शिताका समस्याहरू तथा सुधारका क्षेत्रहरू विषयमा बहु सरोकारवालाहरूबिच भएको छलफलमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको २०५५ सालदेखि को वार्षिक प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा छलफल हुन नसकेकोमा असन्तोष प्रकट गर्नुभएको छ ।

महालेखापरीक्षक रायाले लेखापरीक्षण कार्यमा नागरिक सहभागिताको दायरालाई विस्तार गर्दै लैजान र लेखापरीक्षकहरूको सम्बन्धमा आम नागरिक र निकायहरूबाट प्राप्त हुने गुनासोको प्रभावकारी सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

महालेखापरीक्षकको संवैधानिक अधिकार क्षेत्रमाथि संसद्को सार्वजनिक लेखा समितिले हस्तक्षेप गरेको र …

0 comment
0 FacebookTwitterEmail

नेपालको सरकारी ऋण  २४ खर्ब ३३ अर्ब २३ करोड पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा सरकारको कुल ऋणको तथ्याङ्क बाहिर आएको हो ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको  ऋणले आन्तरिक र बाह्य दुवैतर्फ सरकारको बढ्दो निर्भरतालाई देखाएको छ।

ऋणको वर्गीकरण

कुल ऋणमध्ये वैदेशिक ऋण रु १२ खर्ब ५२ अर्ब ३३ करोड रहेको छ भने  आन्तरिक ऋण  ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । यसले बाह्य र आन्तरिक स्रोतहरूबाट लिइएको ऋणमा लगभग बराबर जस्तै भएको छ । बाह्य ऋणको योगदान ५१ …

0 comment
0 FacebookTwitterEmail

हिजो सोमबार समाप्त भएको आर्थिक वर्ष  २०८०/८१ मा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा जम्मा १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएर सरकार करिब ४ खर्ब घाटामा गएको छ ।

 २०८०/८१ को अन्तिम दिनसम्म आइपुग्दा बजेट खर्चमा पनि सरकारले ८० प्रतिशत मात्र कटाउन सकेको छ । ३१ असारसम्म १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार-  कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत हो । भएको खर्चमध्ये चालु खर्च ८३.४३ प्रतिशत पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

विकास बजेट अर्थात पूँजीगत खर्च भने झन निराशाजनक …

0 comment
0 FacebookTwitterEmail

लमजुङका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ। वर्षा लागेसँगै लमजुङमा सञ्चालित घलेगाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो।

घरबाससम्म पुग्ने बाटो बिग्रिएको, दृश्यावलोकन स्पष्टता नहुने, यात्रा कठिन र जोखिमपूर्ण हुन थालेपछि पर्यटक आगमनमा कमी आएको हो। सञ्चालकहरु बर्खाको  करिब तीन महिना घरबास पर्यटकविहीन जस्तै हुने बताउनुहुन्छ।

दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खा लाग्न थालेसँगै पर्यटक आगमन पातलो हुँदै गएको छ। घलेगाउँ घरबास व्यवस्थापक समितिका कार्यालय …

0 comment
0 FacebookTwitterEmail

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो। सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताउनुभयो।

“किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,” उहाँले भन्नुभयो, “काठमाडौँ लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो। अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन्।”

भुवा प्रशोधन गर्ने उपकरणको उद्घाटन आइतबार नेपालका लागि बेलायती राजदूत रब फेनले गर्नुभएको हो। नेपाली च्याङ्ग्राको भुवाबाट …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न हुनुहुन्छ। सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आउनुभएको हो।

पाँच प्रकारका दुनाटपरी उहाँले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आउनुभएको छ। उहाँले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन्। गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उहाँलाई नै दिइने गरिन्छ।

उहाँले यसैमार्फत मासिक रु पाँच हजारदेखि रु १० हजारसम्म उहाँले कमाई गर्दै आउनुभएको छ। विवाहलगायतको याममा एकै महिनामा रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको उहाँ बताउनुहुन्छ।

“एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved