Home » अर्थतन्त्र/विकास » Page 8
Category:

अर्थतन्त्र/विकास

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ स्थित मुसहर बस्ती कठहवामा पहिलो पटक पक्की सडक निर्माण हुँदै छ। सडकको निर्माण कार्यबाट विपन्न बस्तीका बासिन्दा खुसी त छन्, तर सो कार्यमा मुख्य सेवाग्राही रहेको ४० घरपरिवार मुसहरहरूको सहभागिता छैन ।

“पहिला आलिजस्तो हिलाम्मे बाटो घर पुग्नु पर्दथ्यो, अब त्यो पीडा हटेकोमा खुसी छ”, गाउँमै पहिलो एसइई परीक्षा दिएका उमेश मुसहरले भने, “तर सडक निर्माणबारे आफूहरूलाई केही पनि थाहा नभएको बताए ।  सधैँभरि मिहिनेत मजदुरी गरी गुजारा चलाउने हामीले काम नपाउँदा दुखित पनि छौँ ।”

स्थानीयले सो सडक निर्माणको कार्य आफैँले गर्न चाहन्थे । उनीहरूको तर्क छ, “यसले रोजगारीको अवसर दिन्थ्यो र आर्थिक …

आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
0 comment
0 FacebookTwitterEmail

चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण (रेमिन्टेन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले जेठ २८ गते  सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय …

0 comment
0 FacebookTwitterEmail

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले जेठ २८ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ।

गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ। …

खाद्यवस्तुमा चर्को मूल्यवृद्धिः राष्ट्र बैंक
0 comment
0 FacebookTwitterEmail

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो  सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो।

विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४ दशमलव दुई …

नेपालमा साढे १९ खर्ब विदेशी विनिमय सञ्चिति
0 comment
0 FacebookTwitterEmail

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताउनुभएको छ।उहाँले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई  कार्यविधि बनाएर विस्तारै हटाउने बताउनुभएको हो। उहाँले मधेस प्रदेश प्रदेश सरकारले आगामी दिनमा साना विकास निर्माणका योजना सञ्चालन नगर्ने जानकारी दिनुभयो। उपभोक्ता समितिबाट हुने कामलाई बोलपत्र आह्वान प्रक्रियाबाट सञ्चालन गरी सुशासन कायम गर्नमा जोड दिने उहाँले बताउनुभयो।

नवगठित प्रदेश सरकारले विगतका योजना पूरा गर्ने प्रतिबद्धता गर्नुभयो। सर्वोच्च अदालतले सांसद विकास कोष खारेजका सम्बन्धमा गरेको निर्णयको सम्मान गर्दै सांसदहरुले आफ्नो संसदीय क्षेत्रमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको खर्च सम्बन्धित मन्त्रालय तथा निकायबाट …

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ। यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन्।

बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिनुभयो। उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उहाँको भनाइ छ।

विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ। स्वदेश तथा विदेशबाट …

0 comment
0 FacebookTwitterEmail

बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब रु एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।

आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ। जसबापत नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ।  विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ। हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय …

0 comment
0 FacebookTwitterEmail

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन्। आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे जेठ २५ गते प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो। उक्त छलफलमा सहभागीहरूले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए।

बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो। अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतीमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भन्नुभयो, “गाँजा उत्पादन जताततै छ। मैले बोकेको ब्यागको पनि चर्चा भयो। यसका उत्पादन प्रयोग भइ नै रहेका छन्। यसको प्रयोगबाट कुलतमा फसेका पनि छन्। सचेत भएर गाँजालाई …

0 comment
0 FacebookTwitterEmail

विश्वभर विभिन्न देशहरूमा भइरहेको अशान्ति र अनिश्चितताका साथै बहु आयामिक चुनौती र अन्य समस्याहरूका बिच नवौँ खुला बजेट सर्वेक्षण २०२३ सार्वजनिक भएको छ। यी देशहरू अहिले सबै समस्याहरूबाट समाधान खोजी सहज हुन केही समय लाग्ने देखिन्छ।अशान्ति र अनिश्चितताबिच धेरैले विश्व अर्थतन्त्र बिग्रिसकेको महसुस गरिरहेका छन्।

विश्वभर महामारी, मुद्रास्फीति, अस्थिरता,  बढ्दो द्वन्द्व, विश्वव्यापी ऋण र जलवायु परिवर्तनको बढ्दो प्रभावले अनेक समस्याहरू निम्ताएको छ। यसमा प्राय सीमान्तकृत वर्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्। धेरै देशहरूमा सरकारप्रति जनताको विश्वास घट्दो क्रममा छ। किनकि विश्वभरका लाखौँ मानिसहरूले सामना गरिरहेको समस्या र चुनौतीहरूबाट सरकारले पार लगाउँछ भन्ने कुरामा जनताको विश्वास घटेर गएको छ।

सरकारले कसरी …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ। नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो।

“पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैंकद्वारा जेठ २१ गते जारी सूचनामा उल्लेख छ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved