२०८२ असोजमा बझाङको जयपृथ्वी नगरपालिका–४ का सुमन उपाध्यायको फेसबुक मेसेन्जरमा साथीको सन्देश आयो। सन्देशसँगै एउटा लिंक थियो। केहीबेरमै ती साथीको फोन पनि आयो। फोनमा साथीले भने, “लिंकमा दिइएको फाराममा इमेल, फोन नम्बर र भुक्तानीका लागि इसेवा वा खल्तीको विवरण भरेर दुई हजार रुपैयाँ तिर्यो भने विज्ञापनमा लाइक गरेबापत नियमित आम्दानी हुन्छ।”
सदरमुकाम चैनपुरको एक छापाखानामा सहायोगी रहेका सुमन ‘लाइक गरेरै पैसा कमाइने’ भन्ने कुराले लोभिए। उनले साथीले भनेअनुसार एमप्लस नामक अनलाइन फाराम भरे। एमप्लसमा खाता खोल्न न्यूनतम दुई हजार रुपैयाँ इसेवा वा खल्तीमार्फत जम्मा गर्नुपर्ने शर्त थियो। सुमनले दुई हजार जम्मा गरेपछि दिनको तीन सय रुपैयाँ कमाइ देखिन थाल्यो। चार …
रिमाया एक्ली होइनन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार …