राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३३ जिल्लाका २ हजार ५ सय ८९ घर परिवारलाई पुनर्निर्माणको रकम दिन सकिएको छैन ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने रोशी खोला किनारको कालढुङ्गा बजारमा बाढीले आधा बगाएका घरका भित्तातिरका गारा मात्र ठडिएका छन्। रोशी खोलामा असोज १२, २०८१ मा आएको बाढीले कटान गर्दा घरको आधा भाग बगे पनि जोगिएको आधा भाग डिलमा अडिएको छ। असोजको बाढीले बगर बनाएको बीपी राजमार्ग हुँदै काठमाडौं ओहोरदोहोर गर्नेको आँखैमा पर्छन् यी घरहरू। बगेको आधा भाग घर भएको जमिन निक्कै तल खोलामा बगर बनेकाले बाँकी अवशेष भीरमा अड्किएको जस्तै देखिन्छ।
यहाँ रहेका ११ वटा घरमध्ये एउटा घरका धनी हुन्— जीवन श्रेष्ठ। …
