Home » विज्ञान/प्रविधि » Page 12
Category:

विज्ञान/प्रविधि

ताइवान भ्रमणको क्रममा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन (टीएसएमसी) का अध्यक्ष मार्क लुईसँग अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गरेको भेटघाटका बारेमा धेरैले वास्ता नै गरेनन्। पेलोसीको भ्रमणमा अमेरिका अत्यधिक रूपमा निर्भर रहेको विश्वकै सबैभन्दा ठूलो चिप निर्माता  टीएसएमसीलाई अमेरिकामा चिप उत्पादन प्लान्ट स्थापना गर्न र चिनियाँ कम्पनीहरूका लागि अत्याधुनिक चिप उत्पादन नगर्न आश्वस्त पार्ने प्रयास एकैसाथ तय गरिएको थियो।

इतिहासदेखि नै बेइजिङको कम्युनिस्ट शासनप्रति वाशिंगटनको विरोध र चीनद्वारा आफूमा सम्मिलित गरिएकोप्रति ताइवानले गरेको प्रतिरोधमा आधारित भएर ताइवानलाई अमेरिकाले समर्थन गर्दै आएको हो। तर हालका वर्षहरूमा सेमीकन्डक्टर उत्पादन बजारमा यस टापुको प्रभुत्वको कारण ताइवानको स्वायत्तता अमेरिकाको लागि महत्वपूर्ण भूराजनीतिक स्वार्थ बन्न पुगेको …

0 comment
0 FacebookTwitterEmail

भारतमा एपिलेप्सीका बिरामीको उपचारका लागि आईआईटी दिल्लीले यस्तो नयाँ प्रविधिको विकास गरेको छ, जसका माध्यमबाट बिरामीको मस्तिष्कको शल्यक्रिया आवश्यक पर्ने ठाउँका बारेमा सजिलै पत्ता लगाउन सकिन्छ। अनुसन्धानकर्ताहरूले यस प्रविधिलाई ‘नन-इनभेसिभ ईईजी आधारित ब्रेन सोर्स लोकलाइजेशन’ नाम दिएका छन्। यस प्रविधिको मद्दतले यो प्रक्रियामा लाग्ने समयको बचत मात्र गर्दैन, बिरामीको पीडा र असुविधा पनि कम हुन्छ।

एपिलेप्सी संसारको चौथो सबैभन्दा बढी हुने न्यूरोलोजिकल विकार हो, जसले सामान्यतया स्नायु प्रणालीलाई असर गर्छ। आज विश्वभर करोडौं मानिस यसको सिकार भएका छन्। यस विकारमा, बिरामीलाई आघात पर्छ अनि मुर्छा पर्ने, हातखुट्टा काम्ने, शरीर लल्याकलुलुक हुने, आँखा पल्टाउने, फिंज काढ्ने, जिब्रो टोक्ने र बेहोस हुने …

छारे रोगको उपचारमा नयाँ प्रविधि
0 comment
0 FacebookTwitterEmail

मोबाइल फोनको प्रविधि, त्यसमा जोडिएको इन्टरनेट र त्यससँग जोडिएको सामाजिक सञ्जालका फाइदा धेरै छन् तर तिनको सही प्रयोग गर्न नजान्दा अहिले   त्यसले गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै लगेको छ। डिजिटल लिटरेसीको अभावमा यसले हाम्रो समाजमा पारेको असरलाई यतिबेला कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैँन।

अधिकांश नेपालीको हातहातमा अहिले स्मार्ट फोन (मोबाइल)  छ। स्मार्ट फोन बोक्ने अधिकांश इन्टरनेटसँग जोडिएका पनि छन्। इन्टरनेटका माध्यमबाट स्मार्ट फोन बाहकले प्रयोग गर्ने सामाजिक सञ्जाल ( फेसबुक, टिकटक, म्यासेन्जर, भाइबर आदि) ले फाइदा र बेफाइदा दुबै दिइएको पनि छ। मनोरञ्जन त छँदैछ, सूचना तथा संवाद आदानप्रदानमा पनि सहजता भएको छ। तर,

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले सन् २०२१ को आफ्नो प्रतिवेदनमा दिगो विकास लक्ष्यहरू हासिल गर्न आवश्यक पर्ने विश्वव्यापी प्रयासलाई फेरि सही मार्गमा हिडाउने कुराको चर्चा गर्ने क्रममा इन्टरनेटमा विश्वव्यापी पहुँचको आवश्यकतालाई विशेष रूपमा जोड दिनुभएको छ।

“अब समय भनेको सरकार र जनता बीचको सामाजिक करार नवीकरण गर्ने समय हो”, गुटेरसले भन्नुभएको छ “गुणस्तरीय सार्वजनिक सेवा प्रवाह तथा सामाजिक सुरक्षा, स्वास्थ्य सेवाको व्यापकता, शिक्षा, सीप, रोजगारीको सभ्य काम र आवासको नयाँ युगमा प्रवेश गर्नको लागि सरकार र जनता बीचको करारमा सुशासनको अद्यावधिक व्यवस्था समावेश गर्नुपर्छ, साथै सन् २०३० सम्म आधारभूत मानव अधिकारको रुपमा इन्टरनेटमा हरेकको विश्वव्यापी पहुँचको मान्यता स्थापित गर्नुपर्दछ ।”…

0 comment
0 FacebookTwitterEmail

एउटा सरकारी कार्यालयमा काम गर्ने कार्यालय प्रमुखमा आफ्नो कार्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने भावना जागृत  भएपछि मुहार फेरिन सक्छ भन्ने उदाहरण पनि बनेको छ अहिले– वनस्पति अनुसन्धान केन्द्र मकवानपुर। यसो हुनुको श्रेय २१ महिना अगाडि कार्यालयको प्रमुख भएर आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीलाई जान्छ।

वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीकै कारण स्थापनाकालदेखि नै ओझेलमा परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर अहिले चर्चाको केन्द्र बन्न थालेको छ।

नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा वनस्पति फाँटको रूपमा थालनी भएको थियो। यसलाई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा …

कायाकल्प भयो मकवानपुरको वनस्पति अनुसन्धान केन्द्र
0 comment
0 FacebookTwitterEmail

ठूला डिजिटल प्रविधि कम्पनीले अधिक पैसा कमाउन शक्ति अभ्यास मार्फत सूचना प्रवाहमा हेरफेर गर्दा सत्य र प्रजातन्त्र सधैं आक्रमणमा परिरहने गरेकामा मानव अधिकार र सूचना स्वतन्त्रताको क्षेत्रमा काम गरिरहेका विश्वभरका नागरिक समाजका २९ संगठनहरूले चिन्ता प्रकट गरेका छन् ।
प्रविधिसम्बन्धी केही अमेरिकी कम्पनीहरूले डिजिटल युगमा विश्वव्यापी मानवअधिकारमाथि अधिकतम नियन्त्रणको अभ्यास गरिरहेका छन् । ‘यो अवस्थामा परिवर्तन हुनैपर्छ’– ती संस्थाहरूले भनेका छन् ।
अमेरिकामा हाल बहसमा रहेको नवप्रवर्तन तथा छनौट सम्बन्धी अनलाइन विधेयक र ओपन एप मार्केट्स विधेयक पारित गरेर यस खतरनाक प्रभुत्वको सामना गर्न अमेरिकी कंग्रेसलाई आह्वान गर्दै ‘एक्सेस नाव’ लगायतका संस्थाहरूले वक्तव्य जारी गरेका हुन् ।


अमेरिकाका यी डिजिटल

ठूला डिजिटल प्रविधि कम्पनीहरू विश्वव्यापी मानवअधिकारको निर्धारक हुन सक्दैनन्
0 comment
0 FacebookTwitterEmail

सचिन न्यौपानेले आफ्नो युट्युब च्यानल पूर्वी ब्लुजमार्फत नेपालीहरूलाई आफ्नो इतिहास र संस्कृतिसँग जोड्न मद्दत गर्ने आशा गर्नुभएको छ।

झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक दशकभन्दा बढी समयदेखि, आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूमा रहेका कालो र सेतो स्केचहरू देखाएर आफ्नो हिमाली देश नेपालका दरबार र किल्लाहरू वर्णन गर्नुभयो। तर यी धेरै ठाउँहरूमा सचिन आफै पुग्नुभएको इन्टरनेटमा गुणस्तरीय तस्बिर खोज्ने प्रयास असफल भयो सचिनको। सचिनले भन्नुभयो, “मैले नेपालभरका ऐतिहासिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँहरूको दृश्यचित्रहरूका लागि इन्टरनेटमा खोजे तर कक्षामा पढाउन सक्ने खालको कुनै पनि कुरा फेला पार्न सकिन।”

पश्चिमी संसारका ऐतिहासिक स्थलहरू जसरी नेपाली धरोहरलाई इन्टरनेटमा चित्रण गरिएको नपाएपछि निराश हुनुभएका  …

विद्यार्थीलाई पढाउने सामाग्री खोज्दा युट्युब स्टार बनेका शिक्षक सचिन न्यौपाने
0 comment
0 FacebookTwitterEmail

फिलिपिन्सका अधिकारीहरूले नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले स्थापना गरेको प्रसिद्ध समाचार संस्था र्‍यापलरलाई बन्द गर्ने आदेश दिएका छन्।

यो निर्णयलाई पुष्टि गर्दै, फिलिपिन्सको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले विदेशी स्वामित्वसम्बन्धी नियमहरू उल्लङ्घन गरेकोमा जुन २८ मा र्‍यापलरको प्रमाणपत्रहरू रद्द गरेको जनाएको छ।

मारिया रेसाले अमेरिकाकझ होनोलुलुमा ईस्ट-वेस्ट सेन्टरको एक अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा भाषणमा गर्दै भन्नुभयो, ‍” आजसम्म नभएको यस्तो खालको निर्णयउपर र्‍‍यापलरले पुनरावेदन गर्नेछ।”

फिलिपिन्स एसईसीले राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि नै बन्दको आदेश दिएको थियो।

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको लागूपदार्थ विरुद्धको रक्तपातपूर्ण युद्ध र शक्तिको दुरुपयोगका बारेमा र्‍यापलरले आलोचनात्मक समाचारहरू प्रकाशित गर्दै आएको थियो।त्यसैले …

नोबेल पुरस्कार विजेता मारियाको र्‍यापलरलाई बन्द गर्ने आदेश
0 comment
0 FacebookTwitterEmail

यो वसन्तमा सगरमाथा शिखर आरोहण सम्पन्न गर्नै लाग्दा पर्वतारोहीहरूलाई एउटा नयाँ आकृतिले स्वागत गर्‍यो: वैज्ञानिक उपकरणहरू जडित  सात फिट अग्लो यो आकृति चट्टानी सतहमा राखिएको छ । यो २९,०३२ फिट अग्लो सगरमाथाको शिखरबाट ठाडो १३० फिट मात्र तल पट्टी रहेको छ, जहाँ शिखरको अर्को भाग पट्टी चीनतर्फ समान दूरीमा अर्को मौसम स्टेसन देखिन्छ ।

सगरमाथा चढ्ने दुई लोकप्रिय बाटोमा राखिएको  यो जडान स्वचालित मौसम स्टेसनहरूका दुई नेटवर्कको सबैभन्दा उचाइमा रहेको चौकी पनि हो ।

सगरमाथा भएका कारण त्यहाँ विवाद हुनु कुनै अचम्मको कुरा होइन, यो विवाद पनि त्यति धेरै अगाडिको कुरा होइन, यहाँ कसले गर्व गर्ने भनेर विवाद खडा भयो। …

सगरमाथामा अनुसन्धान स्टेसनः नेपालको रियलटाइम अपलोड, चीनले पनि सूचना देला त?  
0 comment
0 FacebookTwitterEmail

इम्बोस्ड नम्बर भनेको के हो ? के यो नम्बरमात्र हो ? गाडीको नम्बर प्लेटमा त अक्षर पनि हुन्छ। इम्बोस्ड नम्बर भनेको रोमन लिपिमा लेखेको प्लेट हो ? देवनागरी लिपिमा लेख्यो भने इम्बोस्ड नम्बर प्लेट भन्न पाइन्छ कि पाइदैन ? नेपाली सवारी साधनमा इम्बोस्ड नम्बर लगाउने सरकारको निर्णयले फेरि पनि यस्ता भ्रम सिर्जना गरेको छ। विवाद जन्माएको छ।

पृष्ठभूमि

यातायात व्यवस्था विभागले ०७२ मङ्सिरमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न टेन्डर गरेकोमा चार विदेशी कम्पनीमध्ये अमेरिकाको डेकाटुर र बाङ्लादेशको टाइगरआइटी संयुक्त कम्पनीले ४ करोड ५ लाख अमेरिकी डलरमा टेन्डर भरेको थियो। टेन्डरमा देखाएको रकममा केही घटाउन लगाएर ३ करोड ८७ लाख ५० …

इम्बोस्ड प्लेटः किन भयो भ्रम छर्ने काम?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved