उपत्यकासहित मुलुकका विभिन्न भूभागमा मंगलबार दिउँसो पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, कपन लगायतका क्षेत्रमा दिउँसो पानी परिरहेको छ।
त्यस्तै दोलखाको जिरीसहित बागमती प्रदेशमा पहाडी भूभागहरुमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका लमजुङ, कास्की लगायत विभिन्न जिल्लाका पहाडी भूभागमा पनि पानी परेको छ।
काठमाडौंमा दिउँसो २ देखि ३ बजेसम्म पानी पर्ने आँकलन थियो। पानी पार्ने बादलको प्रभाव अपराह्न ४ बजेसम्म रहने उनले बताइन्।
साँझ ५ बजेदेखि काठमाडौंको मौसम क्रमशः सफा हुँदै जानेछ । बुधबार कोशी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको तर तल्लो भूभागहरुमा वर्षा र हिमपात हुने सम्भावना नदेखिएको उनले बताइन्।…
