Home » समाचार » Page 33
Category:

समाचार

अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् ।

अमेरिकामा बस्ने  ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो ।

ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ ।

बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’

ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा …

0 comment
0 FacebookTwitterEmail

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । आज घरेलु समर्थक माझ नेपाली टोली ३ अंकका साथ समूह विजेता बन्ने लक्ष्यमा हुने छ । मंगलबार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको बंगलादेश पनि उच्च लयमा छ । साविक उपविजेता समेत रहेको बंगलादेशको जित पछि नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका थिए भने श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ …

0 comment
0 FacebookTwitterEmail

नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही  थालेको छ ।

बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको हो । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षासमेत भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा …

0 comment
0 FacebookTwitterEmail

सुनसरीको गढी गाउँपालिका– ६ घर भएका ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको ‘हत्यारा’ पत्ता लागेको छ । सोही गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेवले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रिङ बनाउने व्यवसायी ज्ञानचन्द्रको गत आइतवार विभत्स तरिकाले हत्या भएको थियो ।

हत्या आरोपी चन्दन बुवा–आमाको मृत्यु भएपछि गाउँघरमा मागेर हिँड्ने गरेका थिए ।  चन्दन व्यवसायी ज्ञानचन्द्रले रिङ बनाउने ठाउँमा सुत्न आउने गरेका थिए । उनलाई ज्ञानचन्द्रले लखेट्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आइतवार राति पनि सुत्न नदिएकै रिसमा चन्दनले फरुवाले पटक–पटक प्रहार गरेर ज्ञानचन्द्रको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी …

0 comment
0 FacebookTwitterEmail

भारतको राजधानी नयाँदिल्लीका विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

 सूचना प्राप्त हुनेबित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको जनाइएको छ । दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो ।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ ।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु …

0 comment
0 FacebookTwitterEmail

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,’ उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराएका हुन्, ‘उहाँको सम्झना सधैं रहनेछ ।’

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट शहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।

‘मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु,

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि …

0 comment
0 FacebookTwitterEmail

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो।

टिकटक बन्द भएदेखि नै चिनियाँ पक्षले खुलाउनका लागि पहल गर्दै आएको थियो। प्रधानमन्त्री ओलीले मातहतका निकायलाई टिकटक खोल्न निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो। लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका …

0 comment
0 FacebookTwitterEmail

काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ ।  यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७,  कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved