Home » समाचार » Page 32
Category:

समाचार

३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ।

आइतबार सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन) मा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले आइतबार (भदौ ९) को मितिमा उक्त पत्राचार गरेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ (क) सहितका रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले भदौ ७ गते ३० वर्षे सेवा अवधिका आधार तत्काल कसैको अवकाश नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशले भदौ १५ मा ३० वर्षे सेवा अवधि लागेर अवकाश हुन लागेका ९० प्रहरी अधिकृतले अर्को आदेश नभएसम्म अवकाश हुनु नपर्ने भएको छ। सर्वोच्चले असोज १० गते अर्को पेशी …

0 comment
0 FacebookTwitterEmail

टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई पेरिसको बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको विभिन्न अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

रुसी मूलका उद्यमी दुरोभ आफ्नो निजी जेटमा अजरबैजानबाट फ्रान्स पुगेका थिए । पावेललाई आपराधिक सामग्री रोक्न असफल भएको आरोप लगाइएको छ ।

टेलिग्राम २०१३ मा शुरू भएको थियो । पावेल दुरोभ र उनका भाइ निकोलाई दुरोभले २०१३ मा टेलिग्राम शुरू गरेका थिए । यसलाई १०० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ ।

टेलिग्रामको बढ्दो लोकप्रियताका कारण युरोपका धेरै देशहरूले यसको सुरक्षा र डाटा चोरीको अनुसन्धान गरिरहेका छन् ।

0 comment
0 FacebookTwitterEmail

४ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो।

उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौना भित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।

अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

निज उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले  सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो।

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो।

यसअघि …

0 comment
0 FacebookTwitterEmail

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने बताएका छन् ।

उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले जनाए ।

हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने, ‘इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ  र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।’

अउनले थपे, ‘ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।’

इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा …

0 comment
0 FacebookTwitterEmail

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा पहरी गाउँमा गएराति पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ भने  ११ जना बेपत्ता भएको अनुमान छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र चारवटा घर बगाएको घटनास्थलमा पुगेका स्थानीय पत्रकार सि‌ंहराज योञ्जनले जानकारी दिए ।

उनका अनुसार – ‘अहिलेसम्म तीनवटा शव निकालिएको छ। त्यसमा १ जना बालक रहेका छन्। थप ११  जनाको अवस्था अज्ञात छ। केही शवहरू देखा परेका छन्  । शव निकाल्ने काम भइरहेकाे छ । केहीलाई भने बगाएको आशंका छ ।’

घटनास्थलमा उद्धारको काम सुरु भएकाे छ । थप विवरण आउन बाँकी …

0 comment
0 FacebookTwitterEmail

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम घटनास्थलमा पुगेका छन् । बस सडकबाट तल खसेर मर्स्याङ्दी नदीमा पुगेको छ । उनकाअनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए। बसमा करिब ४० जना यात्रु रहेको …

0 comment
0 FacebookTwitterEmail

करिब तिन साता अघि मनासस, भर्जिनियामा अन्तिम पटक देखिएकी २८ बर्सिया ममता काफ्लेलाई बेपत्ता पार्न संलग्न भएको आरोपमा उनका पति नरेश भट्ट पक्राउ परेका छन्। प्रिन्स विलियम काउन्टी र मनासास र मनासस पार्कका सहरहरूका लागि न्यायधिवक्ता एमी एशवर्थले मनासास पार्कका पुलिस प्रमुख मारियो लुगोसँगै पक्राउको घोषणा गरेका थिए।

भट्टलाई भर्जिनिया कानुनको उल्लङ्घन गरी शव लुकाउन प्रतिबन्धको जघन्य अपराधको अभियोग लगाइएको छ। तर, अदालतमा दोषी प्रमाणित नभएसम्म भट्टलाई निर्दोष रहेको मानिन्छ।

 ममता बेपत्ता भएको विस्तृत अनुसन्धान पछि उनका पतिलाई गिरफ्तारी गरिएको हो  । ममता अन्तिम पटक सन्  २०२४ जुलाई २७ मा देखिएकी थिइन र त्यस पश्चात् उनी अगस्त १ मा आफ्नो …

0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

‘पूर्वप्रधानमन्त्री, उहाँका सल्लाहकार, पूर्वमन्त्रिपरिषद् र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए,’ गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति/पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।’

विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ ।

0 comment
0 FacebookTwitterEmail

 सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले आज दिउँसो २ बजे बोलाएको हो ।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति तथा संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लाग्दै आएको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारी, सहारा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियाको खातामा ट्रान्सफर  गरेको आरोप लाग्दै आएको छ ।

 लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि संसदले गत जेठ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved