Home » विश्व » Page 14
Category:

विश्व

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।  बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।

‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् १९३२ …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा र आर्थिक लाभको कारण देखाउँदै पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड प्राप्त गर्ने आफ्नो आह्वान क्रिसमस शुभकामनामा दोहोर्‍याएका छन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा शृङ्खलाबद्ध पोस्टमार्फत उनले अमेरिकाका लागि यी क्षेत्रहरूको महत्त्वबारे आफ्नो लामो समयदेखि रहेको धारणा दोहोर्‍याए ।

“चीनका अद्भुत सैनिकहरू सहित सबैलाई क्रिसमसको शुभकामना, जसले प्रेमपूर्वक तर गैर कानुनी रूपमा पनामा नहर सञ्चालन गरिरहेका छन् (जहाँ हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौँ) संयुक्त राज्य अमेरिकाले अरबौँ डलर ‘मर्मत’ रकम खर्च गर्छ भन्ने सुनिश्चित गर्दै, तर ‘केही कुरा’ मा पनि भन्ने कुरा हुनेछैन”, ट्रम्पले लेखे ।

ट्रम्पले …

0 comment
0 FacebookTwitterEmail

एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसीएफले बुधबार जनाएको छ ।

मंगललबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।

यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मंगललबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घण्टासम्म ढिलाइ भएका थिए ।

पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो ।

कार्यालयका अनुसार चालकविना नियन्त्रणमा रहेको रेलको स्वचालित आपत्कालीन प्रक्रिया सक्रिय भएकाले रेल …

0 comment
0 FacebookTwitterEmail

फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन गृहलाई ऐतिहासिक क्षणको रूपमा प्रशंसा गरिएको छ ।

नोर्मान्डीस्थित ‘फ्लाम्यानभिल थ्री युरोपियन प्रेसराइज्ड रिएक्टर’ले स्थानीय समय अनुसार शनिबार बिहान ११ः४८ बजे फ्रान्सेली घरहरूमा बिजुली उपलब्ध गराउन सुरु गरेको इडिएफ पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत लुक रेमोन्टले बताउनुभएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले एक्समा जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “यो परियोजनाको सञ्चालन देशका लागि ऐतिहासिक क्षण’ हो । यो विश्वको सबैभन्दा शक्तिशाली आणविक रिएक्टरमध्ये एक हो ।”

“कम कार्बन ऊर्जा उत्पादन गर्न पुनः औद्योगीकरण वातावरणका लागि …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिनुभएको छ ।

“मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु”, ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भन्नुभयो, “अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।”

अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा इयुबाट पाँच खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो भने युरोपेली सङ्घमा यसको निर्यात तीन खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु …

0 comment
0 FacebookTwitterEmail

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताउनुभएको छ । ट्रम्पले कार्यालयमा आएको केही घन्टामै युक्रेनसँग शान्ति सम्झौता गर्नसक्ने क्षमता भएको दाबी गर्नुभएको छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्कने ट्रम्पले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेनलाई शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने डर किएभमा खडा गर्नुभएको छ ।

वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलन   गर्दै पुटिनले रुसी सेनाले युद्धभूमिमा उच्च स्थान कायम राखेको बताउनुभयो । यद्यपि उहाँ रुसले पश्चिमी कुर्स्क क्षेत्रलाई कहिले फिर्ता फिर्ता लिने भन्ने  थाहा  नभएको  स्वीकार  गर्न  बाध्य हुनुभयो । कुर्स्कमा अगस्टमा युक्रेनी सेनाले आक्रमण गरेको थियो …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गमजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन ।

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नुु्, म आशावादी छु । तपाई पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट विदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।”

उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई …

0 comment
0 FacebookTwitterEmail

बुधबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घको जैविक विविधता विशेषज्ञ प्यानलको ‘परिवर्तनशील परिवर्तन’ प्रतिवेदनअनुसार मानव समाजलाई ग्रहको विनाश रोक्न आमूल परिवर्तन आवश्यक छ ।

यस हप्ता विशेषज्ञ प्यानलको दोस्रो मूल्याङ्कनले धनी मुलुकहरूमा अधिक उपभोग, धन र शक्तिको केन्द्रीकरण तथा प्रकृतिबाट बढ्दो दूरीले पारिस्थितिक विनाशलाई उत्प्रेरित गरिरहेको बताएको छ ।

यसले ‘जैविक विविधताको क्षति, प्रकृतिको ह्रास र प्रमुख पारिस्थितिक प्रणालीको अनुमानित पतन’ लाई कसरी प्रतिक्रिया दिने भन्नेबारे विचारहरू प्रस्तुत गर्दछ ।

प्रतिवेदनमा कारबाही गर्न गाह्रो हुने तर असम्भव छैन भनिएको छ ।

“यो सरकार मात्रै होइन । यो व्यापार मात्रै होइन । यो नागरिक समाज मात्रै होइन । यो हामी सबैको हो । …

0 comment
0 FacebookTwitterEmail

इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।”

दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू सोमबार दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको स्रोतले …

0 comment
0 FacebookTwitterEmail

जर्मनीका मध्य–वामपन्थी चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाउनुभएको छ । यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोर्याएको छ ।

स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका विघटन गर्न र औपचारिक रूपमा चुनावको आदेश दिन अनुमति दिन्छ ।

महत्त्वपूर्ण मतदानअघि तीव्र बहसमा राजनीतिक प्रतिद्वन्द्वीहरूले आउँदो चुनाव अभियानका लागि क्रोधपूर्ण आरोप–प्रत्यारोप गरे ।

पूर्व चान्सलर एन्जेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) का कन्जरभेटिभ विपक्षी नेता फ्रेडरिक मेर्जभन्दा चुनावमा ६६ वर्षीय स्कोल्ज निकै पछाडि हुनुहुन्छ ।

तीन वर्षभन्दा बढी समय सत्तामा रहेपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पुनः चुनाव जितेको दिन नोभेम्बर ६ मा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved