Home » विश्व » Page 16
Category:

विश्व

टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।

नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्नुहुने ट्रम्पले आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको शीर्षक आवरण सजाउनुभएको छ ।

“ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न डोनाल्ड ट्रम्प टाइमको २०२४–पर्सन अफ द इयर हुनुहुन्छ ।”

यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरियो र दुईपटक हत्याको प्रयास गरियो – र अन्त्यमा दुवै सदनमा रिपब्लिकन बहुमतका साथ …

0 comment
0 FacebookTwitterEmail

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भन्नुभयो, “ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएका र शिवरको आधारको फोटो खिचेका थिए।”

उहाँले भन्नुभयो, “हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ।”

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताउनुभएको छ।

चार्जिंग डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन …

0 comment
0 FacebookTwitterEmail

सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी अहिले सत्तामा रहेका विद्रोहीहरूले मङ्गलबार मार्च १ सम्म देश चलाउनका लागि सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

“सामान्य कमान्डले हामीलाई मार्च १ सम्म सङ्क्रमणकालीन सरकार चलाउने जिम्मा दिएको छ”, सरकारी टेलिभिजनको टेलिग्राम अकाउन्टमा मोहम्मद अल–बशिरको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उहाँलाई ‘नयाँ सिरियाली प्रधानमन्त्री’ का रूपमा सम्बोधन गरिएको छ ।

इस्लामिक नेतृत्वको विद्रोही गठबन्धनले आफ्नो वंशको पाँच दशक लामो क्रूर शासनको अन्त्य गर्दै आइतबार राजधानी दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट भागेको थिए ।

असदलाई जबरजस्ती बाहिर निकाल्ने आक्रमणको नेतृत्व गर्ने इस्लामिक नेता अबु मोहम्मद अल–जोलानीले सत्ता हस्तान्तरणका लागि वार्ता सुरु गरेका …

सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
0 comment
0 FacebookTwitterEmail

मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षितस्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।

नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक हो ।

‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३:०३ बजे ज्वालामुखी विष्फोट भएको हो ।

“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको

0 comment
0 FacebookTwitterEmail

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ ।

उहाँले दुवै देशबीच ५० वर्षको ‘विच्छेदन सम्झौता’ भत्किएको र ‘सिरियाली सेनाले आफ्नो स्थान त्याग्ने’ बताउनुभयो ।

उहाँले भन्नुभयो, “फलस्वरूप मैले हिजो आइडिएफ (सेना) लाई बफर जोन र नजिकैको कमान्डिङ स्थानहरू कब्जा गर्न निर्देशन दिएँ । हामी कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा स्थापित हुन दिनेछैनौँ ।”

इजरायली कब्जामा रहेको गोलान हाइट्सको भ्रमण गर्दा नेतान्याहुले गर्नुभएको यो घोषणा सेनाले यस क्षेत्रमा सेना तैनाथ गरेको बताएपछि आएको हो ।

इस्लामिक नेतृत्वको विद्रोहीहरू सिरियाभरि द्रुत गतिमा अघि बढ्दै …

0 comment
0 FacebookTwitterEmail

गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ ।

दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो ।

मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ ।

उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

साथै, ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेका छन् र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताउनुभएको छ ।

ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना गर्दै आउनुभएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उहाँको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।

एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो । ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, “काश एक प्रतिभाशाली वकिल, अन्वेषक र …

0 comment
0 FacebookTwitterEmail

मंगलबार राति, इजरायलको सुरक्षा क्याबिनेटले लेबननसँग युद्धविरामको प्रस्ताव पारित गरेको छ । यससँगै, दुई महिनादेखि इजरायल र हिजबुल्लाह बीच जारी युद्ध रोकिएको छ। यस सहमतिपछि,इजरायलले बुधबार बिहान, स्थानीय समयअनुसार ४ बजेदेखि युद्धविरामको कार्यान्वयन गर्ने घोषणा गरेको छ।

यद्यपि, यस निर्णयको केही घण्टाअघि, इसराइलले लेबननको राजधानी बेरूत नजिकको दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। सिएनएनका अनुसार, यो बमबारी युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी थियो, जसमा २ मिनेटको अवधिमा २० पटक विस्फोट भएको थियो। यस आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबारको दिन मात्र ५५ जनाले ज्यान गुमाएका थिए। युद्धको दुई महिनामा हजारौं मानिसले ज्यान गुमाएका छन्।

यस युद्धको

0 comment
0 FacebookTwitterEmail

लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् ।

सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आह्वान गर्नुभएको छ ।

सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भन्नुभयो, “सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ।”

उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक छ ।

सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भन्नुभयो, “हामीले राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको …

0 comment
0 FacebookTwitterEmail

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उहाँलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उहाँलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ ।…

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved