मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।
ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षितस्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।
नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक हो ।
‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३:०३ बजे ज्वालामुखी विष्फोट भएको हो ।
“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले एएफपीसँग बताउनुभयो ।
“पछिल्ला केही दिनयता हामीले ज्वालामुखीबाट कालो धुवाँ निस्केको देखेका छौँ । यो हप्ता कुनै पनि समयमा विस्फोट हुने हामीले अनुमान गरेका थियौँ,” उहाँले एएफपीलाई फोनमार्फत् दिएको जानकारीमा बताउनुभयो ।
गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ ।
सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला