विवादित दक्षिण चीन सागरको फ्ल्यास पोइन्ट क्षेत्रमा चीनको तट रक्षक जहाजले फिलिपिन्स तट रक्षक जहाजमाथि प्रहार गरेपछि जापान र अमेरिका चीनप्रति आक्रोशित भएका छन् ।
शनिबारको झडप चीन र फिलिपिन्स बिच अगस्ट महिनामा भएको पाँचौँ घटना हो । मनिलाको विशेष आर्थिक क्षेत्र भित्र, फिलिपिन्स तटबाट लगभग २०४ किलोमिटरमा अवस्थित सबिना सोलमा यो झडप भएको थियो। चिनियाँ भूभाग लगभग एक हजार २०० सय किलोमिटर टाढा रहँदा पनि दुवै पक्षले सोलको दाबी गरेका छन् ।
फिलिपिन्सले ९७ मिटर लामो बीआरपी टेरेसा म्याग्बानुआ गस्ती जहाजलाई अप्रिल १५ देखि त्यसै क्षेत्रमा तैनाथ राखेको छ ।
फिलिपिन्सको जहाजमाथि “प्रत्यक्ष र जानाजान” चीनको तट रक्षक जहाजले …
