Home » विश्व » Page 24
Category:

विश्व

टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभ पक्राउ परेका छन् । उनलाई पेरिसको बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको विभिन्न अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

रुसी मूलका उद्यमी दुरोभ आफ्नो निजी जेटमा अजरबैजानबाट फ्रान्स पुगेका थिए । पावेललाई आपराधिक सामग्री रोक्न असफल भएको आरोप लगाइएको छ ।

टेलिग्राम २०१३ मा शुरू भएको थियो । पावेल दुरोभ र उनका भाइ निकोलाई दुरोभले २०१३ मा टेलिग्राम शुरू गरेका थिए । यसलाई १०० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ ।

टेलिग्रामको बढ्दो लोकप्रियताका कारण युरोपका धेरै देशहरूले यसको सुरक्षा र डाटा चोरीको अनुसन्धान गरिरहेका छन् ।

0 comment
0 FacebookTwitterEmail

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने बताएका छन् ।

उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले जनाए ।

हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने, ‘इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ  र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।’

अउनले थपे, ‘ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।’

इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् ।

अमेरिकामा बस्ने  ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो ।

ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ ।

बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’

ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ।

यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा …

0 comment
0 FacebookTwitterEmail

पल  फ्रेओली

सन् २०२४ जुलाईमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणले धेरै पश्चिमी  देशहरूमा, विशेष गरी नयाँ दिल्लीसँग गहिरो सम्बन्ध बनाउने प्रयास गरिरहेकाहरू माझ चासोको विषय बन्यो । शीतयुद्धको समयमा बनेको मस्कोसँगको भारतको ऐतिहासिक सम्बन्ध सबलाई थाहा नै छ, तर रुसले युक्रेनको बाल अस्पतालमा बम विस्फोट गराएको खबर आए लगत्तै मोदीको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको मित्रताको खुला प्रदर्शनले धेरैलाई आश्चर्यचकित तुल्यायो । यसअघि भारतले युक्रेनमा रुसी आक्रमणको न विरोध गरेको थियो न त समर्थन गरेको थियो । रसिया र युक्रेन युद्धको खुला रूपमा कुरा गर्न हिचकिचाएको भारतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को सदस्यको रूपमा यस मुद्दामा मतदान गर्नबाट समेत टाढा …

0 comment
0 FacebookTwitterEmail

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,’ उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराएका हुन्, ‘उहाँको सम्झना सधैं रहनेछ ।’

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट शहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।

‘मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु,

0 comment
0 FacebookTwitterEmail

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भने, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताएका छन्।

उनले भने, “यो काम पूरा गर्ने समय हो। कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् …

0 comment
0 FacebookTwitterEmail

गत बिहीबार संयुक्त राष्ट्रसङ्घले आफ्नो पहिलो साइबर अपराध सन्धिलाई सर्वसम्मत मतदानद्वारा पारित गरेको छ । यो सन्धिले पहिलो पटक साइबर अपराध र डेटाको पहुँच सम्बन्धी विश्वव्यापी स्तरको कानुनी रूपरेखा तय गर्नेछ ।

यो सन्धि बिहीबार संयुक्त राष्ट्र सङ्घको साइबर अपराध सम्बन्धी बोर्डको तदर्थ समितिले पारित गरेको थियो । आउँदो हिउँदमा यो सन्धि मतदानको लागि राष्ट्र सङ्घको महासभामा जानेछ । अहिले  मतदान गरेकै राष्ट्रहरूले महासभामा पनि मतदान गर्ने भएकाले यो महासभाबाट सजिलै पारित हुने अपेक्षा गरिएको छ ।

तीन वर्षको वार्ता र विमर्शपछि गएको अन्तिम दुई साता चलेको बैठकबाट यो सन्धि पारित भएको हो । पहिला यस सन्धिमा चिन्ता व्यक्त गर्ने …

0 comment
0 FacebookTwitterEmail

पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।

बेनु राज्यको प्रहरी जनसम्पर्क …

0 comment
0 FacebookTwitterEmail

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई  एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ ।

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् ।

रुसको सङ्घीय सुरक्षा सेवाले भनको छ, ‘उनले युक्रेनी सङ्गठनको …

0 comment
0 FacebookTwitterEmail

इजरायलका जासूस प्रमुखहरू आज बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।

“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” बुधबार जारी एक विज्ञप्तिमा भनिएको छ ।

इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताए ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन ।

हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भने, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।”

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved