“हामीले अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरूको हताहतको बारेमा प्राप्त गरेको जानकारीमा कम्तीमा २० जना मारिएका र ३२ जना घाइते भएका छन्”, अल–फाशरको स्थानीय समितिले भन्यो ।
अल–फाशरलाई अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर सहरलाई आफ्नो नियन्त्रणबाट बाहिर निकाल्ने प्रयासमा मे महिनादेखि घेरेको छ ।
अल–फशर समिति तल्लो तहको नेटवर्कको हिस्सा हो । यसले गत वर्ष सेना र आरएसएफबीच युद्ध सुरु भएदेखि प्रजातन्त्र समर्थक विरोध प्रदर्शनहरू आयोजना गर्न समन्वय गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण समीक्षाअनुसार तीव्र लडार्इँले अल–फाशर नजिकैको जमजम शिविरलाई भोकमरीमा धकेलेको छ ।
विश्व खाद्य कार्यक्रमका प्रवक्ता अलेसेन्ड्रा भेलुसीले यहाँ दोस्रो गाडीले लगभग १७ हजार मानिसका लागि दुई सय पाँच टन खाद्य सहायता लिएर गएको बताउनुभयो ।
सिमानाबाट करिब ४०० किलोमिटर (२५० माइल) टाढा जमजममा मात्रै अहिले भोकमरीको खतरामा रहेका करिब पाँच लाख मानिसको घर छ ।सुडानमा द्वन्द्व सन् २०२३ मा सुरु भयो र त्यसले दशौँ हजारको ज्यान लिइसकेको र लाखौँ व्यक्ति विस्थापित भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
