तेहरान– इरानका विदेशमन्त्री अब्बास अराग्चीले हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याको ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी जवाफ दिइने बताएका छन् ।
उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले जनाए ।
हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने, ‘इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।’
अउनले थपे, ‘ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।’
इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उहाँका अङ्गरक्षकसहितको मृत्यु भएको थियो ।
इरानले आक्रमणको लागि इजरायल जिम्मेवार रहेको ठहर गरेको छ भने इजरायलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
