Home » विश्व » Page 6
Category:

विश्व

शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो ।

नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमका समाचारका कारण भागदौड भएको हो।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ …

0 comment
0 FacebookTwitterEmail

कुनै समय हजारौँको सङ्ख्यामा एलेक्सी नाभाल्नीको सडक र्‍यालीमा सहभागी हुने रूसी युवाका लागि विपक्षी नेताको सार्वजनिक विरासत उहाँको मृत्युपछिको वर्षमा धुमिल हुँदै गएको छ ।

क्रेमलिनका आलोचकले युवा, सहरी र पश्चिमा समर्थक रुसीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउन मद्दत गर्ने आशा गर्नुभएको थियो तर मस्कोका गल्लीहरूमा, उहाँको नामले अहिले केवल उदासीनता वा डर मात्र जगाउँछ।

सेरामिक्सको भाँडा बनाउने २४ वर्षीया भिक्टोरियाले एएफपीसँग भन्नुभयो, “युवाहरू नाभाल्नीको कुरा गर्न डराउँछन्।”

सन् २०२४ को फेब्रुअरी १६ मा आर्कटिक जेलमा धमिलो परिस्थितिमा मृत्यु भएका नाभाल्नीबारे उहाँका साथीहरूबीच गोप्य रुपमा मात्र छलफल हुने गरेको उहाँले बताउनुभयो ।

रूसी अधिकारीहरूले नभाल्नीलाई ‘अतिवाद’ को अभियोगमा १९ वर्षको …

0 comment
0 FacebookTwitterEmail
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ ।

ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्नुहुनेछ । सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट बिरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो ।

रिपब्लिकन सत्तामा फर्किएपछि ओभल अफिसको ढोकामा पुग्ने विदेशी नेताहरूको श्रृङ्खलामा पछिल्लो नेता मोदीले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध साझा गर्नुभएको थियो ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्च–स्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गर्नुभएको छ । यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले–डेभिडसनका लागि फाइदाजनक छ ।

0 comment
0 FacebookTwitterEmail

फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञहरू सहभागी थिए ।

चीन, भारत, जापान, अष्ट्रेलिया र क्यानडा सहित कुल ६१ देशहरूले पेरिस एआई सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गरेका छन् । तर, अमेरिका र बेलायतले भने सो घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

 किन पछि हट्यो अमेरिका र बेलायत ?

अमेरिकाको यो निर्णयले ट्रम्पको दोस्रो कार्यकालमा देखिएको आफ्नो कूटनीतिक अडानलाई दर्साउँछ ।  स्मरण रहोस् अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौता जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूबाट पहिले अफ्नो समर्थन फिर्ता लिइसकेको छ। …

0 comment
0 FacebookTwitterEmail

विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।

“हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताउनुभयो ।

उहाँले एआई विकासलाई पारिस्थितिक प्रयासहरूसँग मिल्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले सहभागीहरूलाई सार्वजनिक हितमा हुने एआई एपहरूमा ध्यान दिन आग्रह पनि गर्नुभयो ।

दुई दिने सम्मेलनमा झण्डै एक सय देशका प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका एक हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पहिलो दिन फोरमले एआई, इनोभेसन र ग्लोबल एआई गभर्नेन्स जस्ता विषयमा छलफल गरेको छ ।

0 comment
0 FacebookTwitterEmail

पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक व्यापक कारबाहीमा एक हजार ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बङ्गलादेशी प्रहरीले जनाएको छ ।

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा हसिनालाई सत्ताच्युत गरिएपछि सत्ता सम्हालेको अन्तरिम सरकारमा गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले ‘सैतानलाई जरैदेखि उखेलेर नफाल्दासम्म’ यो अभियान जारी रहने बताउनुभएको छ ।

प्रहरी प्रवक्ता इनामुल हक सागरले भन्नुभयो, “शनिबार सुरु भएको अभियानबाट देशभर एक हजार ३०८ जनालाई पक्राउ गरिएको छ। अभियान अझै जारी छ ।

फेब्रुअरी महिनाको सुरुमा हसिना नेतृत्वको विपक्षी दल आवामी लिगको नेतृत्वमा व्यापक आन्दोलनको घोषणा भएपछि सुरक्षा कारबाही सुरु …

0 comment
0 FacebookTwitterEmail

एक अमेरिकी न्यायाधीशले शनिबार बिहान आकस्मिक आदेश जारी गर्दै एलोन मस्कको सरकारी सुधार टोलीलाई ट्रेजरी डिपार्टमेन्ट (अर्थमन्त्रालय)मा भण्डारण गरिएका लाखौं अमेरिकीको व्यक्तिगत र वित्तीय तथ्याङ्कमा पहुँच नदिन निर्देशन दिनुभएको छ ।

अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरको आदेशमा ट्रेजरी डिपार्टमेन्टको भुक्तानी प्रणाली र अन्य तथ्याङ्कमा पहुँच ‘सबै राजनीतिक नियुक्ति, विशेष सरकारी कर्मचारी र ट्रेजरी विभाग बाहिरको एजेन्सीबाट सरकारी कर्मचारीहरू’ लाई सीमित गरिएको छ।

फेब्रुअरी १४ मा हुने सुनुवाइसम्म लागू हुने अस्थायी प्रतिबन्धात्मक आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० को उद्घाटनपछि ट्रेजरी डिपार्टमेन्टको रेकर्डबाट डाटा प्राप्त गर्ने कुनै पनि व्यक्तिले डाउनलोड गरिएका सामग्रीको कुनै पनि र सबै प्रति तत्काल नष्ट गर्नुपर्ने …

0 comment
0 FacebookTwitterEmail

भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।

लगभग तीन दशकदेखि दिल्लीमा चुनावी जितको पर्खाइमा रहेको भाजपाले अन्ततः सत्ताको पासा पल्टाउन सफल भएको छ। यससँगै आम आदमी पार्टी ११ वर्षपछि सत्ताबाट बाहिरिने निश्चित बनेको छ।

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने …

0 comment
0 FacebookTwitterEmail

आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।

साथै २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गर्ने भएको छ। निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ ।

आम आदमी पार्टी (आप) ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ । उसले कुल २२ सिट प्राप्त गर्ने छ। कांग्रेसले एक सिट पनि पाएको छैन।

आपका प्रमुख नेता …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजा अधिग्रहरण गर्ने योजनाका लागि थुप्रै आलोचनाका भागी बनेका छन्। उनले यो योजना सबैलाई मन पर्ने भनिरहे पनि सहयोगी राष्ट्रहरूले यस विचारलाई अस्वीकार गरेका छन्।  बेलायतले प्यालेस्टिनियनहरूलाई आफ्नो मातृभूमिमा बस्नुपर्ने कुरा उल्लेख गरेको छ।

इजिप्टले गाजामा प्यालेस्टाइनीहरुलाई नै पुर्नवास गरिनु पर्ने राय दिएको छ भने साउदी अरेबियाले प्यालेस्टाइनीरुलाई विस्थापित गर्ने कुनै पनि प्रयासलाई स्वीकार नगर्ने बताएको छ ।

ट्रम्पले गाजालाई दीर्घकालीन रुपमा अमेरिकी स्वामित्व दिने प्रस्ताव हर कुनैले मन पराएको भनी सार्वजनिक रुपमै बोलेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका भ्रमणका दौरान ह्वाइट हाउसमा भएको संयुक्त प्रेस मिटमै उनले गाजालाई अधिग्रहरण गर्ने र त्यहाँका प्यालेस्टाइनीहरुलाई …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved