Home » विश्व » Page 7
Category:

विश्व

सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्र आप्रवासन एजेन्सीले अक्टोबर सन् २०२४ मा यो सङ्ख्या दुई करोड ४२ लाखबाट बढेको बताएको छ ।

“सुडानमा आईडीपीको वृद्धि देशका धेरै राज्यहरूमा चलिरहेको द्वन्द्व तथा भारी वर्षा र आगलागीका कारण भएको हो,” आईओएमले जनाएको छ ।

एजेन्सीले गत वर्ष अक्टोबर २० र नोभेम्बर १३ को बीचमा अल जजीरा राज्यमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सहरू बीचको झडपका कारण अनुमानित ६८ हजार ८०१ परिवारहरू विस्थापित भएको उल्लेख गरेको छ …

0 comment
0 FacebookTwitterEmail

विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई प्रकाश गर्यो ।

सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० को लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न काम गरेको छ ।

दक्षिण–पूर्वी एसियाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदले भन्नुभयो,“डब्लूएचओले संयुक्त राष्ट्र सङ्घका अन्य एजेन्सी र विकास देशसँगको सहकार्यमा कार्य गरिरहेको छ ।”

“प्रत्येक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाइन्छ । यो वर्ष क्यान्सर विरुद्धको पेरिसको बडापत्रमा हस्ताक्षर भएको २५ वर्ष पूरा भएको छ ।”

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा सन् २०२२ मा …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः क्यानडा, चीन र मेक्सिको विरुद्ध भन्सार लगाएर आफ्नो चुनावी वाचा पूरा गरेका छन् ।

ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाएका छन् । क्यानडा र मेक्सिकोसँग अमेरिकाको सीमा जोडिएको छ ।

मंगलबारदेखि लागू हुने गरी मेक्सिकोबाट आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइनेछ । क्यानडाबाट आउने धेरैजसो सामानहरूमा पनि २५ प्रतिशत कर लाग्नेछ । तर कच्चा तेल जस्ता ऊर्जा स्रोतहरूमा भने १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । ट्रम्पले चीनबाट आउने सामानमा पनि १० प्रतिशत अतिरिक्त कर लगाएका छन् ।

ट्रम्पले चुनावी अभियानको क्रममा यो पनि भनेका थिए कि यी शुल्कहरू …

0 comment
0 FacebookTwitterEmail

शनिबार दक्षिणी युक्रेनको ओडेसा शहरमा भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । युक्रेनको १९ औँ शताब्दिमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको र कम्तीमा सात जना घाइते भएको घटनाको राष्ट्रसङ्घ निन्दा गरेको हो ।

१९ औं शताब्दीका भवनहरूको सुरम्य सडकहरूको लागि परिचित ‘ब्ल्याक सी’ बन्दरगाहमा पटकपटक रूसी आक्रमणहरू लक्षित हुनेगरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय (युनेस्कोले) भनेको छ, “युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ओडेसाको ऐतिहासिक केन्द्रमा गएराति भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा दुई सांस्कृतिक भवनमा गम्भीर क्षति पुगेको छ ।”

“हाम्रो टोली क्षतिको तत्काल कागजातमा सहयोग गर्न र युक्रेनी अधिकारीहरूसँग आवश्यक आपतकालीन हस्तक्षेपहरूको पहिचान गर्न प्रतिवद्ध छ। छिट्टै …

0 comment
0 FacebookTwitterEmail
क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याउनुभएको छ ।

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिनुभएको थियो ।

“ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ”, उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो, “हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्,

0 comment
0 FacebookTwitterEmail

अमेरिकी अधिकारीहरूले बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको सम्भावना रहेको बताएका छन् ।

“हामी अहिले उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, वासिङ्टन दमकल प्रमुख जोन डोनेलीले रेगन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “यस विन्दुमा हामी त्यहाँ कोही बाँचेको छ भन्ने विश्वास गर्दैनौँ ।”

उहाँले हेलिकप्टरबाट एक सहित २८ शव निकालिएको जानकारी दिनुभयो ।

दुर्घटना स्थलमा बिहान हुँदा शक्तिशाली आर्क बत्तीहरू भएका आपत्कालीन जहाजहरू र गोताखोर टोलीसहितका इन्फ्लेटेबलहरू नदीको विस्तृत क्षेत्रमा आवतजावत गरिरहेको देखिन्थ्यो ।

डोनेलीका अनुसार अपरेसनमा तीन सय प्रथम प्रतिक्रियाकर्ताहरू …

0 comment
0 FacebookTwitterEmail

नर्वे सरकारले बिहीबार प्यालेस्टिनी शरणार्थीहरूको हेरचाह गर्न मद्दत गर्ने संयुक्त राष्ट्र एजेन्सीलाई दुई करोड ४० लाख डलर सहयोग गर्ने बताएको छ । बिहीबार नै इजरायलले उक्त समूहलाई इजरायली क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

“गाजा भग्नावशेषमा छ र युएनआरडब्लुएको सहयोग पहिलेभन्दा बढी आवश्यक छ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले एक वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनका लागि यो अत्यन्त नाटकीय छ कि इजरायली कानूनहरू लागु भएका छन् जसले व्यवहारमा युएनआरडब्लुएलाई काम गर्नबाट रोक्न सक्छ।”

बिहीबारदेखि युएनआरडब्लुएलाई इजरायली भूमिमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ तथा यो र इजरायली अधिकारीहरू बीचको सम्पर्क निषेध गरिएको छ । इजरायलको सर्वोच्च अदालतले बुधबार राति प्रतिबन्धको चुनौतीलाई अस्वीकार …

0 comment
0 FacebookTwitterEmail

जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।

यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।

जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना …

0 comment
0 FacebookTwitterEmail
उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पुर्याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ ।

पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ ।

यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।

डिपसिकका संस्थापक लियाङ वेनफेङले ‘उच्च–स्तरीय चिपहरूमा प्रतिबन्ध’ यसको काममा ठूलो बाधा साबित भएको स्वीकार

0 comment
0 FacebookTwitterEmail

भारतीय सञ्चारमाध्यमहरूको अनुसार भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको  छ।

उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए।

बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो। त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबरहरुले  जनाएको छन् ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको खबर बाहिर आएको छ। घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ।

भक्तजनहरूले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved