Home » विश्व » Page 5
Category:

विश्व

इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि शुक्रबार हमासको सन् २०२३ को आक्रमण अवधिमा आफ्ना प्रियजनहरूको रक्षा गर्न र उनीहरूलाई घर फिर्ता ल्याउन असफल भएको आरोप लगाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले दावी गरेअनुसार बिहीबार हमासबाट प्राप्त शव सिरी बिबासको नभएको इजरायलले घोषणा गरेपछि परिवारको यो पहिलो टिप्पणी हो ।

हस्तान्तरण गरिएका अन्य तीनवटा शव अनुभवी शान्ति कार्यकर्ता ओडेड लिफसिट्ज र सिरीका दुई साना छोराहरू कफिर र एरियलका थिए भन्ने पुष्टि भएको छ ।

सिरीकी भाउजू ओफ्री बिबासले इजरायली अधिकारीहरू विशेष गरी प्रधानमन्त्रीले बन्धकहरूको रक्षा गर्न असफल भएको र उनीहरूलाई त्यागेको आरोप लगाउनुभयो ।

“उनीहरूलाई जीवितै फिर्ता ल्याउनु इजरायलको जिम्मेवारी र …

0 comment
0 FacebookTwitterEmail

पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । आज केबलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।

‘नो केबलकार समूह’ले पूर्वघोषित कार्यक्रमअनुसार आज पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबलकारविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको …

0 comment
0 FacebookTwitterEmail

वासिङ्टनले मेक्सिकाली कार्टेलहरूलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेपछि राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार संयुक्त राज्य अमेरिकाद्वारा आफ्नो राष्ट्रिय सार्वभौमिकताको ‘आक्रमण’ कहिल्यै सहन नगर्ने चेतावनी दिनुभएको छ ।

“यो अमेरिकाका लागि हाम्रो सार्वभौमिकतामाथि आक्रमण गर्ने अवसर हुन सक्दैन”, उहाँले भन्नुभयो, “मेक्सिकोसँग, यो सहयोग र समन्वय हो, कहिल्यै अधीनता वा हस्तक्षेप होइन र यहाँ सम्म कि कम आक्रमण पनि ।”

उहाँले मेक्सिकोले अमेरिकी हतियार निर्माताहरू विरुद्धको कानूनी कारबाही विस्तार गर्ने बताउनुभयो । अमेरिकी हतियार निर्माताहरूलाई उहाँको सरकारले लागूपदार्थ तस्करहरूको हातमा पर्ने हतियारको बिक्रीमा लापरवाही गरेको आरोप लगाएको छ ।

यो मुद्दाले आतङ्कवादी समूहहरूसँग कथित संलग्नताको नयाँ आरोप लगाउन सक्ने उहाँले बताउनुभयो ।

अमेरिकी …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतहरूले एक हजारभन्दा बढी व्यक्तिलाई आतङ्कवादी आरोपमा सजाय सुनाएको बताउनुभएको छ।

रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किएभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतङ्कवादी समूहहरूमाथि मुद्दा चलाउँछन् ।

“आतङ्कवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ”, रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो, “गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दिइएको थियो ।”

रुसले नियमित रूपमा युक्रेन आक्रमणको विरोध …

0 comment
0 FacebookTwitterEmail

प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ।

इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ।

नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको …

0 comment
0 FacebookTwitterEmail

दक्षिण सुडानमा संयुक्त राष्ट्र मानव अधिकार आयोगका विज्ञहरूले मानव अधिकारको अवस्थाबारे छलफल गर्न सोमबार चार दिने भ्रमण सुरु गरेका छन् ।

नियोगको नेतृत्व गर्दै आएकी आयोगका अध्यक्ष यास्मिन सौकाले विज्ञहरूले सरकारका सदस्य, मानवअधिकार उल्लङ्घनमा परेका व्यक्ति, नागरिक समाजका सदस्य, न्यायविद्, मानवीय तथा कूटनीतिक नियोगका प्रतिनिधि र राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटघाट गर्ने बताउनुभयो ।

आयोगले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले आयोगको पछिल्लो निष्कर्ष र यसको स्वतन्त्र अनुसन्धानका सिफारिस सहित दक्षिण सुडानमा मानव अधिकारको अवस्थाबारे छलफल गर्ने योजना बनाएका छन् ।”

आयोगले दक्षिण सुडानको मानवअधिकार अवस्थाको बारेमा आफ्नो पछिल्लो निष्कर्ष अर्को हप्ता जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार …

0 comment
0 FacebookTwitterEmail

आफैँले कामबाट निकालेका कर्मचारीहरूलाई अमेरिकी सरकारले पुनः काममा फिर्ता  ल्याउने कोशिस गरिरहेको छ ।

बर्खास्तका कारण देशको राष्ट्रिय सुरक्षा नै चौपट हुने हो कि भन्ने पीर बढ्दै गएपछि सरकारले आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।

ऊर्जा मन्त्रालयबाट सयौँ कर्मचारीलाई कामबाट निकालिएको पत्र दिइएको थियो । राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एएनएसए)का कामदारहरू यीनैमध्ये थिए । यो विभागले अमेरिकाको परमाणु हतियारको डिजाइन तयार पार्ने, निरीक्षण गर्ने र सञ्चिति बढाउने काम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको खर्च कम गर्न संघीय कार्यबलबाट ठुलो संख्यामा कर्मचारी घटाइरहेका छन् ।

जनवरी २० मा कार्यभार सम्हालेको …

0 comment
0 FacebookTwitterEmail

पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन्।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन्।

विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन्।

“आज १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ”, एक प्रहरी स्रोतले भन्यो, “केही पीडित पानीमा खसे। तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो।”

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु …

0 comment
0 FacebookTwitterEmail

शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो ।

नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमका समाचारका कारण भागदौड भएको हो।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ …

0 comment
0 FacebookTwitterEmail

कुनै समय हजारौँको सङ्ख्यामा एलेक्सी नाभाल्नीको सडक र्‍यालीमा सहभागी हुने रूसी युवाका लागि विपक्षी नेताको सार्वजनिक विरासत उहाँको मृत्युपछिको वर्षमा धुमिल हुँदै गएको छ ।

क्रेमलिनका आलोचकले युवा, सहरी र पश्चिमा समर्थक रुसीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउन मद्दत गर्ने आशा गर्नुभएको थियो तर मस्कोका गल्लीहरूमा, उहाँको नामले अहिले केवल उदासीनता वा डर मात्र जगाउँछ।

सेरामिक्सको भाँडा बनाउने २४ वर्षीया भिक्टोरियाले एएफपीसँग भन्नुभयो, “युवाहरू नाभाल्नीको कुरा गर्न डराउँछन्।”

सन् २०२४ को फेब्रुअरी १६ मा आर्कटिक जेलमा धमिलो परिस्थितिमा मृत्यु भएका नाभाल्नीबारे उहाँका साथीहरूबीच गोप्य रुपमा मात्र छलफल हुने गरेको उहाँले बताउनुभयो ।

रूसी अधिकारीहरूले नभाल्नीलाई ‘अतिवाद’ को अभियोगमा १९ वर्षको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved