इण्डियन प्रिमियर लिग (आइपीएल) २०२२ का आधाभन्दा बढी खेलहरू सम्पन्न भइसकेका छन्।१० टिम सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने गर्दछ।पछिल्ला सस्करणभन्दा यसपटकको प्रतियोगितामा दुई टोली थप भएका कारण राउन्ड रोबिन लिगका नियममा पनि केही परिवर्तन गर्दै १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।एउटा टोलीले लिग चरणमा कुल १४ खेल खेल्नुपर्छ ।
अहिलेसम्म प्रतियोगितामा दशौँ चरणसम्मका खेलहरू समाप्त भइसकेका छन्।ताजा स्थितिमा ११ खेल खेलेको गुजरात टाइटन्स ८ जीतसहित १६ अङ्क बोकेर अंकतालिकाको शीर्ष स्थानमा छ भने १० खेलमा केवल दुई खेल जितेको मुम्बई इण्डियन्स् ४ अङ्कसहित तालिकाको पुछारमा छ।आइपीएल २०२२ मा अहिलेसम्मको स्थिति र केही मुख्य …