Home » ताजा खबर » Page 14
Category:

ताजा खबर

तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिनुभयो। अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ। “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भन्नुभयो, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ।”

0 comment
0 FacebookTwitterEmail

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​

१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनी धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चार भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ।

आठ वर्षदेखि ३० वर्षसम्मका गैँडालाई पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि पूर्व क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो। सूचना अधिकारी तिवारीका अनुसार यही चैत २ गतेदेखि गैँडा स्थानान्तरको काम सुरु गरिएको थियो। नवलपरासी बर्दघाट–सुस्ता पूर्व कावासोतीबाट ३० वर्षको भाले गैँडालाई कसरा क्षेत्रबाट पूर्वको तमोरताल क्षेत्रमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो।

दिव्यपुरी पोष्ट क्षेत्रबाट १७ र आठ वर्षका भाले गैँडालाई …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप  सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्‍याउने महिलाको सम्मान कार्यक्रम’मा उहाँले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भन्नुभयो।

उहाँले भन्नुभयो, “कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु। ” सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका …

0 comment
0 FacebookTwitterEmail

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्। चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ।

हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उहाँले जानकारी दिनुभयो।

एक सातामै छिमेकी पालिकाका दुई …

0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चैत ३ गते दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४१ सदस्य मनोनयन गर्नुभएको हो।

नयाँ थपिएका सदस्यमा दीपकराज ओझा (कैलाली), अशोकसिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), इन्जिनियर सुदीप अधिकारी (लमजुङ), भावना रिजाल (पाँचथर), अमृत उप्रेती (काभ्रे), प्रवीण कैनी (तनहुँ) रहनुभएको छ।

यस्तै आशीष बर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्ज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत …

0 comment
0 FacebookTwitterEmail

खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार  गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत

0 comment
0 FacebookTwitterEmail

रोल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले झाडु लगाएर मन्दिर परिसर सरसफाइ गर्नुभएको छ। मङ्गलवार एकाबिहानै डिएसपी सारुमगरको अगुवाइमा तीस जना भन्दा बढी प्रहरी कर्मचारी सरसफाइका लागि हात हातमा झाडु लिएर निस्किएका थिए। हाकिम आफै सरसफाइ अभियानमा निस्किएपछि अन्य प्रहरी कर्मचारीहरूमा समेत थप उत्साह देखिन्थ्यो। यहाँ त प्रहरी प्रमुख हुनुहुन्छ नि, जनताको शान्ति सुरक्षा यहाँको प्रमुख दायित्व हो।

किन झाडु समातेर निस्कनु भयो भन्ने प्रश्नको जवाफमा उहाँले मुस्कुराउँदै भन्नुभयो “काम सानो या ठुलो भन्ने हुँदैन। हामी जनताका साथी हौँ। शान्ति सुरक्षा हाम्रो प्रमुख दायित्व हो यस बाहेक समुदायसँग साझेदारी गर्नु समाजमा रहेका सबै खाले काम गर्नु हाम्रो कर्तव्य हो त्यसैले …

0 comment
0 FacebookTwitterEmail

प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कार र संस्कृतिले सम्पन्न लमजुङ जिल्लाको क्व्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँमा १४औँ पसगाउँ महोत्सव फागुन २० गते सम्पन्न भएको छ।

पसगाउँ सामुदायिक घरबास (होमस्टे) व्यवस्थापन समितिको आयोजना एवं क्व्होलासोँथर गाउँपालिकाको कार्यालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रज्ञा–प्रतिष्ठान, क्व्होलासोँथर गाउँपालिका–६, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङको प्रवर्द्धनमा आयोजित दुईदिने महोत्सवको शनिबार गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो।

अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत लमजुङ हिमालको काखमा समुद्री सतहबाट एक हजार ६ सय ५० मिटरको उचाइमा रहेको रमणीय गाउँको पर्यटकीय विकासलाई लक्षित गरी २०६१ सालदेखि सञ्चालित पसगाउँ सामुदायिक होमस्टेको प्रवर्द्धनको लक्ष्य राख्दै महोत्सव आयोजना गरिएको हो।

गण्डकी …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताउनुभएको छ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन तहको सङ्घीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रस्ट रहेको बताउनुभएको हो।

सङ्घीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तर मनदेखि नै सङ्कल्प गर्न जरुरी छ।”

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्य लगायतका विषयमा गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved