Home » ताजा खबर » Page 16
Category:

ताजा खबर

अमेरिकाको टेक्सासस्थित क्विन्टाना समुद्री किनारमा लाखौं माछा मृत भेटिएका छन् । तापक्रम बढ्दा पानी तातेर सास लिन नसक्दा माछा मरेको विशेषज्ञहरुको अनुमान छ । टेक्सास वाइल्ड लाइफ डिर्पाटका अधिकारीहरुका अनुसार तातो पानीमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा सास फेर्न सक्दैनन् र उनीहरु मर्छन् ।

यसरी मर्नेमा धेरैजसो म्यानहेड प्रजातिका माछा रहेको बताइएको छ । अहिले सामाजिक सञ्जालमा मृत माछाको तस्बिर र भिडियो भाइरल बनेको छ ।
न्युयोर्क पोस्टका अनुसार गर्मीमा यसरी माछा मर्नु सामान्य कुरा हो । समुद्रमा गहिरो पानीको तुलनामा किनारको पानी बढी तातो हुन्छ । माछा किनाराको पानीमा फस्ने र त्यहाँबाट फर्किन सक्ने सम्भावना कम हुन्छ ।…

अत्यधिक गर्मीले टेक्सासमा लाखौं माछा मरे
0 comment
0 FacebookTwitterEmail

यतिबेला देशैभर तापक्रम बढेको छ । यो क्रम तराईमा अझै पाँच दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पाँच दिन तराईमा लू चल्ने भएकाले सोबाट बच्न र आवश्यक सतर्कतासमेत अपनाउन विभागले आग्रह गरेको छ ।

‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाको लूसम्बन्धी विशेष बुलेटिनमा भनिएको छ ।

लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम रहने अवस्थालाई लू चलेको मानिन्छ । वर्षा नहुँदा तापक्रम बढेर लू चलेको विभागको भनाइ छ ।…

तराईमा अझै पाँच दिन लू चल्ने
0 comment
0 FacebookTwitterEmail

यो वर्षको पाँच महिनामा (२०२३ जनवरीदेखि मेसम्म) ४ लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सोही अवधिमा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या ३ लाख ६२ हजार ५६ थियो । गत वर्षेभन्दा १ लाख ८ हजार चार सय ८६ ले बढी भएको बताइएको छ।

यो वर्षको मे महिनासम्म ६७ देशका ३४ हजार ४ सय १३ जना विदेशी, ३ लाख २४ हजार २ सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । यस्तै, गत वर्ष २ हजार ६ सय ८७ राहदानी लिएका, दुई लाख ८९ …

५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
0 comment
0 FacebookTwitterEmail

सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका १ हजार ९ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलंगवा नगरपालिकाबाट परेका छन्। यस्तै सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन्।

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपपछि जिल्लाभरबाट १ हजार ९ सय २० वटा उजुरी परेकामा मलंगवा नगरपालिकाबाट मात्रै ४ सय ५८ वटा उजुरी परेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ। उहाँका अनुसार ईश्वरपुर नगरपालिकाबाट १ सय ३१, बरहथवा नगरपालिकाबाट एक सय २८, कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा उजुरी परेका छन्। २० स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर, बरहथवा, मलंगवा, कविलासी, हरिपुर, ब्रह्मपुरी गरी छवटा पालिकाबाट मात्रै ६० …

0 comment
0 FacebookTwitterEmail

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको छ। अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने वातावरण पत्रकार समूहले जनाएको छ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्यांकका आधारमा मूल्यांकन गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको बताइएको …

वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई
0 comment
0 FacebookTwitterEmail

पं.नवराज शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव तथा १०३ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ। स्मृति समाजले विभिन्न धार्मिक, तथा सांस्कृतिक कार्यक्रम गरी मनाएको हो।

समाजका लागि यथाशक्य योगदान गर्ने लक्ष्यससहित हिन्दू धर्मका विविध संस्कार तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लैजानु समाजको उद्देश्य रहेको बताइएको छ। यस्तै, आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गरी शिक्षा क्षेत्रमा समते योगदान पुर्याउन संस्था स्थापना भएको बताइएको छ।

स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुवा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले …

नवराज-शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव सम्पत्र
0 comment
0 FacebookTwitterEmail

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आज बिहान हैदराबाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हाे। प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले …

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी माेदीबीच भेटवार्ता
0 comment
0 FacebookTwitterEmail

प्राकृतिक इतिहास संग्रहालय नेपालको प्राकृतिक इतिहास संग्रहालय हो। विसं २०३२ मा स्थापित यो संग्रहालय काठमाडाैंको स्वयम्भूमा अवस्थित छ। नेपालको प्राकृतिक इतिहाससम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। संग्रहालयले नेपालका ५० देखि ५५ हजारभन्दा बढी वनस्पति र वन्यजन्तुकोे नमुना संकलन गरी प्रदर्शनमा राखेको छ। यो संग्रहालयले नेपालमा ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ साइटेससम्बन्धी तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ।

संग्रहालयमा ५५ हजारभन्दा बढी वनस्पति तथा जनावर भएता पनि प्रदर्शनमा १० प्रतिशत मात्र राखिएको छ। बाँकी नमुना भने स्टोर रुममा थन्काएर राखिएको प्राविधिक व्यक्ति देवेन्द्र मर्हजनले बताउनुभयो। उहाँका अनुसार करिब एक सयभन्दा बढी रैथाने प्रजातिका …

प्राकृतिक इतिहास संग्रहालय अर्थात् सिंगो जंगल
0 comment
0 FacebookTwitterEmail

आजको मन्त्रिपरिषद् बैठक  दिउँसो २ बजे बस्ने भएको छ।

आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस हुनेछ।

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दैबजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दै
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved