Home » नीति/राजनीति » Page 7
Category:

नीति/राजनीति

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ।

मिश्रित निर्वाचन प्रणलीका कारण ६/६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो।

नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा चैत २९ गते उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिकाबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस् कदम चाल्नुपर्ने बेला आएको बताउनुभयो।

नेपालको संविधान २०७२ मा रहेका केही त्रुटी संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रियसभाको २८ चैतको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु। राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ।”

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्याङ्कन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट …

0 comment
0 FacebookTwitterEmail

सूचना प्रविधि र साइबर सुरक्षाको नियमन गर्न सरकारले नयाँ विधेयकको मस्यौदा गरी छलफलका लागि हालै वेभसाइटमा सार्वजनिक गरेको थियो ।

तत्कालिन केपी ओली सरकारले २०७५ सालमा संसदमा प्रस्तुत गरेको सूचना प्रविधि विधेयक निकै नियन्त्रणकारी रहेकोले सम्बद्ध सबै क्षेत्रबाट विरोध भइ सो अगाडि बढन सकेन । प्रतिनिधि सभाको तत्कालिन विकास तथा सञ्चार समितिमा संसदहरुले व्यापक संशोधन प्रस्तावित गरेपछि सो विधेयक पारित हुन सक्ने अवस्था नै बनेन ।

मन्त्रालयले साइबर सुरक्षा सम्वन्धी अर्को विधेयकको मस्यौदा पनि २०७९ ल्याएको थियो तर यो पनि अगाडि बढ्न सकेको थिएन । सो अघिल्ला पहलहरु पूर्णरुपले असान्दर्भिक हुन पुगेको पृष्ठभूमिमा चुनावपछिको सरकारले सो विधेयक फिर्ता लिएर अहिलेको …

0 comment
0 FacebookTwitterEmail

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्नुभएको छ। बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जीतबहादुर राई हुनुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणीकुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ।

लुम्बिनीमा एक सातादेखि सञ्चालित विराट चक्र विज्ञान कार्यक्रमको आज समापन कार्यक्रम तथा लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले सामूहिक रूपमा विभिन्न पाँच बुँदे सङ्कल्प गर्नुभयो।

कार्यक्रममा नेपाल योगभूमि, ज्ञानभूमि, बुद्धभूमि तपोभूमि रहेकाले यहाँ मैत्रीभाव समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म लिङ्ग र सम्प्रदायको घेराभन्दा …

0 comment
0 FacebookTwitterEmail

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताउनुभएको छ। आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी दिन २३ चैतमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने दृढता व्यक्त गर्नुभयो।

विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप रोक्न आफूले कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री नरही विज्ञमध्येबाट ल्याउन निर्णय गरी कानुन संशोधनका लागि अध्ययन कार्यदल बनाएको मन्त्री श्रेष्ठले  जानकारी दिनुभयो। उहाँले सबै विश्वविद्यालयका कानुनमा संशोधन गर्न समय लाग्ने भएकाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्दै २१ चैतमा प्रधानमन्त्री दाहालले सुशासनका कैयौँ मानक स्थापित गर्न सरकार सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायत सेवाका लागि घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ।”

राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्‍याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले …

0 comment
0 FacebookTwitterEmail

सञ्चारकर्मी महिलाहरूले समाचारकक्ष लैङ्गिकमैत्री नभएको बताएका छन्। राष्ट्रिय महिला आयोगद्वारा १६ चैतमा  काठमाडौँमा आयोजित  ‘महिला सञ्चारकर्मीहरूको अवसर, चुनौती र आयोगसँगको सहकार्य र समन्वय’ सम्बन्धी कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी महिलाहरूले सो कुरा व्यक्त गरेका हुन्।

पत्रकार महिलाहरूले कार्यक्रममा सरकारले तोकेको सुत्केरी बिदा पूरा समय प्राप्त नभएको, पारिश्रमिकमा विभेद, कार्यस्थलमा हुने दुर्व्यवहारका बारेमा बोलेका थिए। पत्रकार चन्दा विष्टले पुरुष सहकर्मी महिलाप्रति अझै संवेदनशील हुन जरुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सञ्चारमाध्यममा महिलाहरूको सवालका कार्यक्रम कत्तिको प्रसारण हुन्छ त त्यो विषय पनि सोचनीय हो।”

त्यसैगरी पत्रकार देविका घर्तीमगरले अहिले मिडिया उद्योगमा समस्या देखिरहँदा पत्रकार महिला झन् पीडित बनिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलालाई अनेक …

0 comment
0 FacebookTwitterEmail

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनः लाभलगायत कामको सम्पर्क निकायका रुपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गर्न लागेको हो। गत माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

मन्त्रालयका सहसचिव तथा केन्द्रका प्रमुख अनिलकुमार दत्तले भन्नुभयो, “राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ, केन्द्र सञ्चालन गर्न १२ कर्मचारीको संरचना बनेको …

0 comment
0 FacebookTwitterEmail

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो।

अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताउनुभयो। अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उहाँले बताउनुभयो।

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ। “सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि …

अनलाइन फार्मेसी बन्द
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved