Home » पूर्वाधार/विकास » Page 5
Category:

पूर्वाधार/विकास

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ।

धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उहाँले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ। ”

पानीको अभावमा भोगिरहनुभएका विकास बनेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउनुभयो। उहाँले भन्नुभयो, “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ। धरानमा खानेपानीको समस्या …

0 comment
0 FacebookTwitterEmail

नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विशेष जोड दिइएको छ। काठमाडौँ भृकुटीमण्डपमा जारी चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ अन्तर्गत आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक छलफल सत्रका वक्ताहरूले यस्तो बताउनुभएको हो।

कार्यक्रममा अर्थ राजनीतिक, भू–राजनीतिक तथा कूटनीतिक मामिलाका विज्ञ अरुणकुमार सुवेदीले नेपालको जलस्रोत तथा ऊर्जा विकासमा भूराजनीतिक प्रभाव रहेको बताउनुभयो। तर यस्तो प्रभावलाई भाग्ने कोसिस नगरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। “ऊर्जा तथा जलस्रोतमा रहेको भूराजनीतिक प्रभावबाट नभागी व्यवस्थापन गर्न सकियो भने मुलुक जिबुटी र सिङ्गापुर बन्न सक्छ”, उहाँले भन्नुभयो।

उहाँले जलविद्युत्‌लाई जलस्रोतको सहउत्पादन मानेर जति चाँडो जलस्रोतको …

0 comment
0 FacebookTwitterEmail

नेपालमा जलविद्युत्‌सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिनुभएको हो।

ऊर्जा सुरुक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उहाँहरूको भनाइ छ। कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैबाट तयार हुनुपर्नेमा जोड दिनुभयो।

“सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदैछ”, उहाँले भन्नुभयो, “बेलायतको एक …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ। तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामीहरू तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन्।

अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीले सास्ती व्यहोर्नुपर्ने कुण्डमा डुब्न आउनुभएको चिमखोलाका शेरबहादुर पुनले बताउनुभयो। दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ। प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ। …

0 comment
0 FacebookTwitterEmail

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।

विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन भ्रमण गरेका छन्।

हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए।

‘छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। यसले हामीलाई उत्साहित बनाएको छ,’ अध्यक्ष चौधरीले भने, ‘आगामी दिनमा यसलाई थप  व्यवस्थित बनाउँछौ|’…

0 comment
0 FacebookTwitterEmail

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ।

हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका  छन्। उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन्।

उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार  कोरोना महामारीपछि परेको आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ। आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता …

0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो। किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा विसं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो।

रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कोल्डस्टोर रु २० करोड बढी लगानीमा तयार भएको थियो। निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताउनुभयो। उहाँका अनुसार स्टोरलाई रु २० करोड बढी ऋण रहेको छ।

“बैंकमा मात्रै रु १६ …

0 comment
0 FacebookTwitterEmail

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेका कतिपय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ। साधन र स्रोतको अभाव नहुने बताइए पनि तराई मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन।

निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्रीको अभाव, स्थानीयवासीको अवरोध जस्ता कारणले आयोजनाको गति बढनसकेको छैन।

सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सोही आयोजनाका बारेमा छलफल भएको थियो।हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलका अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको सो आयोजनाको म्याद पटक–पटक थप भएको छ।

पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३/८४ मा मात्रै सो आयोजना पूर्णरुपमा …

0 comment
0 FacebookTwitterEmail

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन् भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्।

विद्यार्थीको अभावमा उक्त गाउँपालिका–७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो। गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो। सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए। “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो”, गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो।

उक्त …

स्कुल राम्रा तर छैनन् विद्यार्थी, एउटै पालिकाका २५ सामुदायिक विद्यालय बन्द
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ ।

गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved