Home » पूर्वाधार/विकास » Page 4
Category:

पूर्वाधार/विकास

भोजपुर जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्। करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ। तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन्। सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ।

यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताउनुभयो। आफ्ना पुर्खाले यहीँ नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ।

सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो। चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको  सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो। “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, श्रेष्ठले भन्नुभयो, “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध …

0 comment
0 FacebookTwitterEmail

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाए पनि खर्च गर्नसक्ने गरी नआएको धारणा विज्ञहरूबाट आएको छ। ‘बजेटमा पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयमा काठमाडौँमा गरिएको एक कार्यक्रमका वक्ताहरूले पूर्वाधार आयोजनामा खर्च गर्न नसक्नु अहिलेको मुख्य समस्याका रुपमा औँल्याउनुभएको हो।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बजेट कार्यान्वयन गर्न सरकारमात्रै नभई निर्माण व्यवसायीको क्षमता वृद्धि हुनेपर्नेमा जोड दिनुभयो। “केही वर्षअघि मन्त्रालयमा खर्बको बजेट छुट्याउँदा कसरी खर्च हुन्छ भन्ने गरिन्थ्यो। अहिले एउटै निर्माण व्यवसायीले रु पाँच/छ अर्बको बजेटले खर्च गर्नसक्ने क्षमता वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आयोजनामा बजेट खर्च नहुनुको मुख्य कारण केही सानो …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताउनुभयो। “खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि दुई घण्टासम्म खोला सुक्ने र बाढी आउने गरेको थियो”, उहाँले भन्नुभयो, “गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको हो।”

दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो। करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्‍याएको क्षतिका कारण …

0 comment
0 FacebookTwitterEmail
उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् ।

चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थाङ्का व्यवसायी टसी नर्बु गुरुङले बताउनुभयो । “चीनतर्फ सबै पूर्वाधार छन्”, उहाँले भन्नुभयो, “नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरुपमा चल्न सकेको छैन ।”

चीनले एक दिनमा एक जना मात्र

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा जेठ ४ गते  आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो।

“छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत्‌ व्यापार गरिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा …

0 comment
0 FacebookTwitterEmail

प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ। नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो।

लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरूले जनाएका छन्। गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनीहरू रहेका थिए तर चालु आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ जारी हुनुबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आइपिओ निष्कासन नभएको भन्दै प्रवद्र्धकहरूले गुनासो गरेका छन्। अहिले एउटा …

0 comment
0 FacebookTwitterEmail

राज्य पुनःसंरचनापछि नुवाकोटमा स्थापना भएका बाह्रपालिकामध्ये एक हो पञ्चकन्या गाउँपालिका साविकको पाँच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नं ३,४,९ लाई समायोजन गरेर बनाइएको हो। पञ्चकन्यामा सरकारी सेवा प्रवाह बल्ल जनताको घरदैलोमा पुग्न थालेका छन्। यस पालिकाको पहिलो कार्यकालमा अध्यक्ष पदमा तेजबहादुर तामाङ निर्वाचित हुनुभयो। उहाँले जनतालाई सरकारी सेवा गाउँबाटै दिने कसरी भने योजना बनाउँदै अघि बढ्यो।

पालिकावासीको माग थियो – घरनजिकै बिजुलीको महसुल तिर्न पाए हुन्थ्यो। पञ्चकन्याबाट बिजुलीको महसुल तिर्न सदरमुकाम पुग्दा दिनभर लाग्ने पीडा सुनेर महसुल काउन्टरको माग लिएर गाउँपालिका नेपाल विद्युत् प्राधिकरण पुग्नुभयो। प्राधिकरणले उहाँलाई उठाएको रकम सुरक्षित बनाउन बैंक राख्नुपर्छ अनि काउन्टर स्थापना हुन्छ। …

0 comment
0 FacebookTwitterEmail

वैशाख १६ देखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बन्नुभएको छ। पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उहाँहरू थप उत्साहित बन्नुभएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताउनुभएको थियो।  उहाँले भन्नुभयो, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको  उल्लेख गर्नुहुँदै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी …

0 comment
0 FacebookTwitterEmail

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत पूर्वी खण्ड ढल्केबर–इनरुवा प्रसारण लाइन विस्तारका क्रममा सिरहाको लहान नगरपालिकास्थित स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै अवरोध गरेका छन्।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले अवरोध गर्दा तार तान्ने काम शुक्रबारदेखि प्रभावित बनेको हो। प्रसारण लाइन प्रभावित क्षेत्रका पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सङ्घर्ष समिति घोषणा गरेका छन्। प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई आफूखुसी पोल र तार जडान गर्न लागेको दाबी गर्दै वडा नं ९, १०, ११, १३ र १४ का किसान मारमा परेको सङ्घर्ष समितिका अध्यक्ष ज्वालाप्रसाद चौधरीले बताउनुभयो।

“हामी विकासविरोधी होइनौँ, तर प्रभावित क्षेत्रका विस्थापित घरपरिवारको जग्गाको हालको मूल्याङ्कनअनुसारको क्षतिपूर्ति दिलाउने जुन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved