Home » वातावरण/जलवायु » Page 28
Category:

वातावरण/जलवायु

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा ५ फागुनमा ललितपुरमा संयुक्तरुपमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो।

“अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावरणीय चुनौतीको चाङमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन। वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरुचि बढिरहेको छ”, उहाँले भन्नुभयो। प्रकृतिको अनुपम जैविक सृष्टिका रूपमा हामीले प्राणी तथा वनस्पतिजगत्‌लाई लिने गर्दछौँ र यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको छ भन्दै राष्ट्रपति पौडेलले यसलाई सुन्दर सृष्टिको रसास्वादन …

0 comment
0 FacebookTwitterEmail

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा  ५ फागुनमा ललितपुरमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एकदिवसीय सम्मेलनमा उहाँले विकास निर्माणसँगै  वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक धरोहरलाई जोगाउन  अपरिहार्य भएको उल्लेख गर्नुभयो।

“कार्बन उत्सर्जन न्यूनीकरणका लागि विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने आजको आवश्यकता छ। वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि धेरै कानुन छन, तिनीहरूको कार्यान्वयनका लागि सम्बन्धित पक्षको ध्यान जानुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो।

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका सन्दर्भमा अदालतबाट भएका …

0 comment
0 FacebookTwitterEmail

काभ्रेपलाञ्चोकका सात नगरपालिकाले मध्यपहाडी क्षेत्रमा बढ्दो पानीको अभाव हटाउन, समुदायको नेतृत्वमा, समुदायका मूलहरूको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सुक्न लागेका मुहानहरूको पुनर्जीवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाउँदै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका तथा रोशी, बेथानचोक, तेमालका गाउँपालिकाले यसका लागि फागुन ३ गते प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलाधार संरक्षण कार्यक्रमका निम्ति अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग आशयपत्रमा हस्ताक्षर गरेका छन्।

हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानहरूले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन्। तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता समस्याका कारण पानीका मुहानहरू जोखिममा पर्दै गइरहेका छन्।…

मुहान सुक्न थालेपछि काभ्रेका सात पालिका पानी जोगाउन एक जुट
0 comment
0 FacebookTwitterEmail

नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ। ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले फागुन १ गते नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो।

नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन्।

वन तथा भू–संरक्षण विभाग, …

0 comment
0 FacebookTwitterEmail

स्वदेशी काठ जङ्गलमा कुहिने र वार्षिक खर्बौँको विदेशी काठ आयातलाई विस्थापित गर्नुपर्नेमा जोड दिइएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल देवघाट तनहुँद्वारा आयोजित ‘वन पैदावार उपयोगमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले स्वदेशी काठ उपयोग गर्ने नीतिको खाँचो औँल्याएका हुन्।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको वन पैदावार उपयोग एवं निकासी नीति सर्वसुलभ नहुँदा उपभोक्ताले दुःख पाउनुका साथै वनमा काठ कुहिने अवस्था सिर्जना भएको बताउनुभयो।

उपभोक्ताले सानो कमजोरी गर्दा पनि धरपकड र पक्राउ गरेर हिरासतमा राख्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक स्रोतको अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न सङ्घ र प्रदेश सरकारसँग माग गर्नुभयो।…

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ। वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर महानगरपालिकाका चार वडामा तीन किलोमिटरमा मेसजाली निर्माणको कार्य प्रारम्भ गरिएको हो।

भरतपुरका वडा नं २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउने स्थानमा सुरुआती चरणमा मेसजाली निर्माणको काम हुनेछ। निर्माणकार्यको माघ २६ गते  महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सङ्घ र महानगरको रु दुई–दुई करोड गरी रु चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा रु दुई करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो।

छुटेका स्थानमा तत्काल सर्भे गरी नयाँ …

0 comment
0 FacebookTwitterEmail
बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।

सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।

” उहाँका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् । उहाँले

0 comment
0 FacebookTwitterEmail

जथाभावी फोहर फ्याँक्नेहरूमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ।

वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो।

‘‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरूको प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उहाँको भनाइ छ।…

0 comment
0 FacebookTwitterEmail

वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।  कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ।

जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवमा माघ २० गते भएको ‘पानीबिना अकाल पडलै अकाले हो राम’ शीर्षकको विमर्शमा उहाँहरूले चुरेको अनियन्त्रित दोहन, अव्यवस्थित पूर्वाधार निर्माण र नागरिक सचेतनाको अभावमा मधेसले निकट भविष्यमा पानीको चरम सङ्कट आउनेतर्फ सचेत गराउनुभयो।

इञ्जिनियर अजय दीक्षितले मधेसजस्तो गङ्गा मैदानमै पानीको सतह घट्नु वा पानीको स्रोत सुक्नु सामान्य नभएको भन्दै पानी पर्ने प्राकृतिक शैलीलाई विश्लेषण गरी व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विश्वभर पानीको सङ्कट गहिरिँदै गएको र …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा घडीयाल गोही छाडिएको छ। बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० गोही छाडिएको हो।

लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छाड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अति नै महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले नदीमा छाडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो। राप्ती नदी आसपासका बस्ती त्यहाँको संस्कृति र त्यसको वरिपरिको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन सबैको पहल आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो।

सोही अवसरमा तराई भूपरिधि कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौडेलले आहाराविना वन्यजन्तुको संरक्षण …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved