“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको काखबाट भन्नुभएको छ।
सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो। उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्स (ट्विट्र ) मार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ ।
भिडियो सन्देशमा गुटेरेसले भन्नुभएको …
