Home » वातावरण/जलवायु » Page 33
Category:

वातावरण/जलवायु

गत जेठ ९ गते मध्यराति। भीम नेपालीकी पाँच वर्षीय नातिनी शान्ति रुँदै पानी माग्न थाल्नुभयो। बेलुका भोकै सुतेकी उहाँ मध्यरातमा रुँदै पानी माग्न थालेपछि भीम नेपाली आत्तिनुभयो। झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर जानुभयो र लोटामा पानी मागेर ल्याई खुवाउनुभयो।

‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन। केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसो खाना पकाएँ। तर राति खानेपानी भएन। अनि सुत्यौँ,’ भीमले सुनाउनुभयो।

बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम गत जेठ ९ गते सधैँझैँ बिहानै न्वालोमा पानी भर्न जानुभएको थियो। तर न्वालोमा आफ्नो पालो नआउँदै पानी सकिएपछि रित्तै गाग्रो फर्किनुभयो। यही कारण नातिनीले पानी माग्दा छिमेकीको …

कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज–२६ सुगौली गाउँमा बुधबार राति माइकिङ गरी बिहीबार बिहान चोकमा भेला हुन अनुरोध गरियो। वडाध्यक्ष शम्भु मिश्राले गर्नुभएको अनुरोधअनुसार बिहीबार बिहान सबै गाउँले भेला भए। सबैको रायसुझावमा गाउँका कुवा (इनार) सफा गर्ने अभियान सुर गरिएको बताउँदै वडाध्यक्ष मिश्राले भन्नुभयो, ‘नगर प्रमुखज्यूलाई गाउँका वडामा कुनै ध्यान छैन, वहाँ सहरमै के–के अभियान चलाइराख्नुभएको छ। वडाको बजेट र क्षमताअनुसार आफू गाउँलेको पानीको जोहोमा लागेको छु।’

गाउँमा रहेका आधा दर्जन इनार सफा गराएर पानीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ थियो।

यस्तै वीरन्ज–१० का वडाध्यक्ष सुशील साह कानुलाई एक हप्तादेखि भ्याइ–नभ्याइ छ। सबै काम छोडेर खानेपानी व्यवस्थापनमा लाग्नुभएको छ। आफ्नो वडामा पर्ने घडिहर्वा, आदर्शनगर, अशोक वाटिकालगायतका …

काकाकुल वीरगन्ज महानगर, समस्या समाधानमा सरकारको छैन ठोस योजना
0 comment
0 FacebookTwitterEmail

बेतडीको सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन्। पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन्। सोही ठाँउको सन्सेरीमान्डौ बजार क्षेत्रमा पनि जहाँतहीँ सिसा फाल्ने गरिएको छ। यी ठाउँमा मात्रै होइन, जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा अव्यवस्थित रूपमा सिसा फाल्ने गरिएको छ।

‘गाउँघरतिर मदिराका पसल थुप्रै खुले, सिसाहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयका शिक्षक भानबहादुर महरा भन्नुहुन्छ, ‘ग्रामीण बजार मदिरा पसलले भरिन थाले, वातावरण सिसाले भरियो।’

जहाँतहीँ फुटेका सिसाले विद्यार्थी तथा सर्वसाधारणलाई हिँडडुलमा समस्या आएको शिक्षक महराको भनाइ छ। ‘हिँडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतमा समेत सिसौ …

ग्रामीण बजार मदिरा पसलले भरिए, सिसाले भरियो वातावरण
0 comment
0 FacebookTwitterEmail

हिमाल, हिमश्रृङ्खला, नदी, खोला र तालतलैया, झरना, मनोरम हरियाली भनेपछि कस्को मन नलोभिएला ? मनाङ यस्तै प्राकृतिक विविधताले भरिपूर्ण छ। प्रकृतिले भरिपूर्ण मनाङको सदरमुकाम चामे खोला र नदीको सङ्गममा र पहाडको चेपमा छ। सदरमुकाम भएर पनि चामेलाई खासै मनाङ भनिदैन। चामे पुगेपछि बल्ल मनाङ जाने भनिन्छ।

लमजुङको सरदरमुकाम बेशिसहरबाट ५६ किलोमिटर दूरीमा रहेको चामे सदरमुकाम भएको हुनाले प्रशासनिक गतिविधि हुन्छ भने चामे गाउँपालिका पनि यही रहेको छ। चामेबजारको बिचभागमा दक्षिणतर्फबाट बगेका दुईओटा घट्टेखोला मस्याङ्दी नदीमा मिसिन्छन्। घट्टेखोला र नयाँबजार घट्टेखोलामा वि.सं २०७८ साल असारमा गएको बाढीले मर्स्याङ्दी नदीले भन्दा बढी क्षति पुर्‍याएको थियो। बाढी दिउँसो गएको हुनाले मानवीय क्षति भएन। …

विपद् सङ्कटासन्न चामे: बाढी भत्काएका मनाङी सपनाहरू
0 comment
0 FacebookTwitterEmail

लक्ष्य थियो एउटा रैथाने खानाको अभिलेखिकरण। जानु पर्ने थियो लमजुङको भुजुङ। त्यसैका लागि माइक्रोबस चढ्न गंगबुतिर पुग्दा विस्मयमा परियो। सधै गाडी चढ्ने ठाउँमा त बस त थिएन। बस पार्कमा केही क्षण भौतारियो। अलि सोधखोज गरेपछि माइक्रोबस विष्णुमति किनारातिर पठाइएको रहेछ। बस चढेपछि अझ आश्चर्यचकित भइयो- १२ सिटको बसमा त्यसभन्दा बढी यात्रु हाल्न नपाइने नियम कडाइका साथ लागु भएको रहेछ। बाटोमा रोकेर मान्छे हाल्न नपाइने। चाहना भए त सुधार हुने नै रहेछ। विस्तारै सुध्रिदै छ भनेर दंग पर्दै तोकिएको कुनोमा गएर बसियो।

सार्वजनिक यातायातमा हाम्रो समाज प्रतिबिम्बित हुन्छ। आफ्नै सवारी साधनमा घरबाट काममा जाने र आफ्नै हैसियतका साथीभाई भेटघाट गर्ने “उच्च” …

0 comment
0 FacebookTwitterEmail

विश्व प्रसिद्व अमेरिकाको न्यूयोर्क सहर शुक्रबार विश्वको सबैभन्दा खराब बायु गुणस्तर भएको सहरको सूचीमा परेको छ। IQAir द्वारा संकलित सूची अनुसार हिजो शुक्रबारसम्म साँझ , न्यूयोर्क, टोरन्टो, मोन्ट्रियल र वाशिङ्टन डीसी विश्वव्यापी प्रदूषणको सूचीमा शीर्ष स्थानमा थियो। क्यानडाको जङ्गलमा लागेको डढेलोबाट निस्कने कणको भारी मात्राले प्रमुख अमेरिकी सहरहरूमा बाक्लो धुवाँ फैलिएको छ।

क्यानाडाका प्रान्तहरूमा ५०० भन्दा बढी आगो बलिरहेको छ जसको कारण धुवाँले गर्दा पूर्वी क्यानडा र अमेरिकाको मध्यपश्चिम र उत्तरपूर्वलाई असर गरेको छ। धुवाँको कारण, जनस्वास्थ्य अधिकारीहरूले मास्क वितरण गरेका छन् र मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएका छन्। १२० मिलियन भन्दा बढी अमेरिकीहरू, जनसङ्ख्याको लगभग एक तिहाइ शुक्रबारसम्म

0 comment
0 FacebookTwitterEmail

विकास निर्माणका काममा राज्यको मुख ताक्नुपर्ने स्थितिबाट अर्घाखाँचीको शीतगंगा नगरपालिका–१३ को भंगाला गाउँ मुक्त छ। विकट बस्ती भनेर चिनिने ३४ घरपरिवार रहेको भंगाला गाउँस्थित धिरीखोला सामुदायिक वनको आम्दानीबाटै विकास निर्माणका थुप्रै कामहरू भएका छन्।
धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट

मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका विकास निर्माणका काम सम्पन्न भएको सामुदायिक वनकी अध्यक्ष रेमकला गुरुङले बताउनुभयो।

गुरुङका अनुसार यहाँ मोटरबाटो निर्माण तथा मर्मत कार्यमा झन्डै २० लाख रुपैयाँ खर्च भएको छ। मोटरबाटो बनेपछि अहिले गोरुसिङे–सन्धिखर्क सडकको डोहोटेबाट भंगाला गाउँ पुग्न सहज भएको छ। यस्तै भंगाला गाउँका भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन्। …

सामुदायिक वनको आम्दानीले विकास निर्माणका काम, तीन प्रतिशत ब्याजमा आयआर्जन कोष सञ्चालन
0 comment
0 FacebookTwitterEmail

“ठूला मान्छेले तल कार्यक्रम दिया पनि आफैँजस्तो ठूलै मान्छेलाई दिए। हामी महिलाको पनि अधिकार छ। हामीमा पनि गर्ने क्षमता छ। हामी महिलालाई पनि यस्तो यस्तो आएको छ मेडम यस्तो गर्न सक्नु हुन्छ की नाइँ भनेर कसैले सोधेनन्। “

सुदूरपश्चिम अछामको एउटा लेककी धनादेवी धामी स्थानीय भाषामा “विकास बाँड्न आएका सरहरू” लाई महिला हकका बारेमा बताउँदै हुनुहुन्थ्यो। आफ्नो किराना दोकान, होटल अनि खाजाघर सबैको काम गर्ने पसल अगाडि बसेर कुरा गरिरहनु भएको धनादेवीको सुदूरपश्चिमी लबजलाई बिस्तारै विकासे लबजले जितिसकेको बुझिन्थ्यो। मिल्लेक गाउँपालिकाको ऋषि दहको वडा कार्यालयको ठ्याक्कै तलको धनादेवीको जस्ताले छाएको दोकान छ। तल गहुँ बाली लहराइरहेको छ।

यो मनसुन भन्दा …

0 comment
0 FacebookTwitterEmail

तापमानको पारोले ४३ डिग्री सेल्सियसको विन्दुलाई निरन्तर ठोकिरहेकाले लुम्बिनी लगायतका क्षेत्रका आम मानिस बिजोग भएको छ। उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयवासीको बिचल्ली भएको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन्। गर्मी र पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याड समेत राख्न पाएका छैनन् भने कसै कसैले जेनतेन गरि राखेको ब्याड पनि सुक्न थालेका छन्।

बढ्दो गर्मीले मानिस मात्र नभई पशुपक्षी समेत पानी र शीतलता खोज्न थालेका छन्। रूपन्देही र कपिलवस्तु लगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाहरूको भनाइ छ।

वायुमण्डलीय

गर्मीले लुम्बिनीमा बिचल्ली
0 comment
0 FacebookTwitterEmail

गह्रुंगो भो घाँसको भारी, घाँसको भारी
भेटिएन बिसाउने चौतारी
डाँडै पिपल
डाँडै पिपल भाँच्यो हुरीले छैन शीतल

गायिका मुना थापा मगरको यो गीतले वर–पिपल (चौतारी) बारे धेरै कुरा भन्छ। कुनै समय यस्तो पनि थियो, जहाँ प्रेमी होस् या बटुवा, वनजंगल पाखापखेरा, लेकबेँसी खर्कबाट घाँस–दाउरा गरेर थकाइ मेट्न चौतारीमा पुग्थे। मेलापात गर्दा होस् या उकाली–ओराली, थकान महसुस भएपछि चौतारीमा बसेर सिर्सिरे बतासको आनन्द लिँदै प्रेमिल र आत्मीय गफ गर्थे।

यिनै चौतारीमा बसेर बूढापाकाहरू आफ्ना बालापनका दिन सम्झिँदै ठट्यौली गर्थे। यसरी चौतारीको शीतलमा बस्दाबस्दै समय बितेको पत्तो हुँदैनथ्यो। हो, कुनैबेला यस्तो पनि जुग थियो।

तर, पछिल्लो समय आयातित विकासको स्वरूप गाउँघरमा मोटर …

आधुनिक विकासको निसानामा इतिहासकालीन चौतारी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved