वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको थियो। अभियान चलाएको एक वर्ष बिते पनि प्रदूषण नियन्त्र खासै प्रभावकारी हुन सकेको छैन।
महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पटक–पटक अटेरी गर्दै आएका छन्। उनीहरूको अटेरीले गर्दा सिर्सिया प्रदूषणमुक्त अभियान नगरवासीका लागि एउटा नारा मात्रै साबित हुँदै आएको छ।
महानगरपालिकाले दसंै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नदीको प्रदूषण नियन्त्रण अभियानलाई पुनः तीव्रता दिएको छ। विशेषगरी तिहार र छठअगाडि नदी प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णयसमेत गरेको छ।
सोमबार नगर प्रमुख सिंहको अध्यक्षतामा उद्योगी–व्यवसायी, जिल्ला प्रशासन र प्रहरी कार्यालयलगायतका प्रतिनिधिसहितको बैठकले नदी प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गरी कडा कारबाही गर्ने निर्णय गर्यो।
उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनुपर्ने र त्यसो नगरेको पाइएमा उद्योग सिल गरी कानुनबमोजिम जरिवाना तिराउने निर्णय गरेको महानगरपालिकाले जानकारी दिएको छ।
झन्डै डेढ दशकदेखि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न संघसस्थाबाट नदीलाई प्रदूषणमुक्त बनाउने प्रयास गरिए पनि उद्योगीको अटेरीपन जारी छ। पछिल्लो समय वीरगन्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि त्यति प्रभावकारी भएको देखिएको छैन।
सोमबार बिहान नगर प्रमुख सिंहको नेतृत्वको टोलीले नदी प्रदूषित गर्दै आएका आधा दर्जनभन्दा बढी उद्योगहरूको अनुगमन गरेको थियढो। ६ महिनाअघि पनि सिंहले विभिन्न उद्योगहरूको अनुगमन गर्नुभएको थियो। उद्योगीहरूले अटेरी गर्नुको कारण आर्थिक चलखेल हुन सक्ने बताइएको छ। विगतमा पनि पटक–पटक अनुगमन हुँदासमेत उद्योगीहरूले नदी प्रदूषित गर्न नछाडेपछि उद्योग सञ्चालकलाई बोलाएर नदी प्रदूषण रोक्न महानगरपालिकाले निर्देशन दिएको थियो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगन्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदी प्रदूषण समस्या नेपालका लागि मात्रै नभई सीमावर्ती भारतीयका लागि पनि चुनौती विषय बन्दै गएको छ। वीरगन्ज–पथलैया कोरीडोरमा उद्योग बढ्दै गएपछि तीन दशकदेखि यो नदी प्रदूषणको सिकार बनेको छ।
छाला उद्योगहरूबाट निस्किने गरेको कालो लेदो, रौंका टुक्रा र रसायनयुक्त पानी सीधै नदीमा मिसाउने गरिएको छ। त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरूले पनि आफ्ना छाई नदीमै भण्डारण गर्ने गरेका छन्।
चैते छठमा व्रतालुले दुर्गन्धित पानीमै गरेका थिए पूजा
६ महिनाअगाडिको चैते छठमा व्रतालुले दुर्गन्धित र प्रदूषित पानीमै अर्घ्य दिएका थिए। छठमा पनि पर्सा बारा औद्योगिक करिडोरका उद्योगले खोलामा रसायनयुक्त फोहोर फाल्ने काम बन्द नगरेपछि व्रतालु आक्रोशित भएका थिए। उनीहरू महानगरपालिले चलाएको नदी नियन्त्रण अभियानप्रति पनि आक्रोशित बनेका थिए।
नदी प्रदूषित गर्ने पाँच उद्योगलाई १५ लाख जरिवाना
प्रदूषित पानीमा छठ पूजा गरको भन्दै आलोचना भएपछि महानगरपालिकाले नदी प्रदूषण नियन्त्रण अभियानलाई तीव्रता दिएको थियो। सोही क्रममा महानगरले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३÷३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको थियो। जसमा ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटायल्स, मोरियम लेदर उद्योग र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एन्ड पेपर प्रालि थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
