द्रौपदी, कृष्णा, याज्ञसेनी, पाञ्चाली अनेक नाम थिए द्रुपद राजाका यज्ञबाट जन्मेकी एक अयोनिजा कन्या। अनि पछि भनियो उनलाई नाथहरूकी अनाथ पत्न अर्थात् पाँच नाथकी अनाथिनी। पाँच नाथ अर्थात् पञ्च पाण्डव—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवकी साझा पत्नी, पाँच राजकुमारकी पटरानी। महाभारतका सर्जकले हामीलाई बताए अनुसार उनको बडो नाटकीय तरिकाले पाँचजना कुरुवंशी पाण्डवका पुत्रहरू कौरबसँग विवाह भएको देखिन्छ।
कौरब किन भनेको भने वास्तवमा कार्यवाहक महाराजा धृतराष्ट्र र वैधानिक महाराज पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरूलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचओटा छोराहरूलाई पाण्डव भनिएको हो। पाञ्चाल नरेश द्रुपद महाराजले …