Home » समाज » Page 29
Category:

समाज

विवाहका लागि दुलहा वा दुलही पाउन अप्ठ्यारो परे के गर्ने? नवलपुरका थारू समुदायमा एउटा गज्जबको चलन थियो-झाँगा विवाहको। यो खासमा सट्टापट्टा विवाह हो। कुनै घरबाट बुहारी ल्याउदा त्यही घरका योग्य वरलाई आफ्नो छोरी दिने परम्परा। झाँगा विवाह पनि मागी विवाह अनुसार नै गरिन्छ। एक जोडीबीच सम्बन्धमा खराब हुँदा अर्को जोडीको सम्बन्धमा पनि पनि असर गर्ने भएकोले यो विवाहको चलन हराउँदै गएको छ।

थारूहरूमा प्रायःजसो मागी विवाह प्रचलनमा छ। त्यस्तै झाँगा, घरवैठी, उह्ररी, विधवा विवाहलगायतका विवाह पनि प्रचलनमा रहेको छ।थारू समाजमा महिलाको स्थान उच्च मानिने हुनाले दुलही पाउनलाई दुलहीको घरमा दुलहा पक्षका मानिसहरूले फकाउने फुलाउने गर्दछन्। त्यसैले थारूमा उखान छ “जेकर …

हराउँदो झाँगा विवाह
0 comment
0 FacebookTwitterEmail

कारोना कहरका कारण गएका दुई बर्ष फिका फिका भएको फागु यो वर्ष धुमधामका साथ मनाइदै छ। मुलुकमा स्थानिय चुनाव नजिकै आएर होला यसपाली मधेशमा होली चुनावी रङ्गमा रङ्गिएको छ। अहिलेका र भविष्यमा हुन चाहने जनप्रतिनिधिहरूलाई फागुको शुभकामना आदानप्रदानको कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ।

भोजपुरी र मैथलीमा “फगुवा” वा “होली” भनिने प्रेम र सद्‍भावको पर्व फागुको रङ्गरुप समयचक्रसँगै बददिदै गएको छ। “रङ्गको यस त्यौहारको आफ्नै रङ्ग फेरिएको छ, यसको गीतसङ्गीतका रस हराएको छ,” भोजपुरीका लोक सङ्गीतकार मास्टर  लालबहादुर शास्त्री भन्नुहुन्छ, “हामीले विगतमा देखेको मौलिक होली र अहिलेको होलीको नाममा गरिने गतिविधि निकै फरक छन्।”

दुईबर्षको कारोनाको विभिन्न लहरबाट बाँचेर यस …

रङ्ग फेरिएको होली
0 comment
0 FacebookTwitterEmail

वर्षायामको समय, सिमसिम पानी परिरहेको बेला। कोभिड १९ को असर परेकाहरूलाई राहत वितरण गर्दै रोल्पा मिझीङ्गस्थित उपल्लोथरको दलित बस्तीमा पुगेकाहरूले एउटा घरको आँगनमा एकजना बुढी दिदी निन्याउरो अनुहार लाएर अभिएको देखे। उहाँको घरको छानामा ठूला–ठूला प्वाल परेका थिए, र त्यही प्वालबाट वर्षादको पानी घर भित्र छिरिरहेको टाढैबाट देखिन्थ्यो। त्यो घर लगभग भत्कने अवस्थामा पुगिसकेको थियो।

राहत समूहका एकजनाले सोधे– ‘दिदी ! यो तपाईँको घर हो ? तपाईँ यहीँ बस्नु हुन्छ?

‘हो, यो मेरै घर हो, म यहीँ बस्छु,’ ती दिदीले जवाफ दिनुभयो।

कुराको सिलसिला अगाडि बढाउँदै जाँदा थाहा भयो दिदीको नाम ढुङ्सी परियार रहेछ। घर मर्मत नगर्नुको कारण बुझ्दा दिदी …

0 comment
0 FacebookTwitterEmail

पार्वतीकुमारी रामलाई समाजले राम, मोची, हरिजन, रविदास, रैदास, महरा, दलित अनेक नामले पुकार्छ। ति नाममा अलिकति हेपाई मिसिएको हुन्छ। तर पार्वती स्वाभिमानले आफ्नो शिर ठाडो बनाएर हिडन सक्नुहुन्छ समाजका अगाडि।त्यसो गर्न सक्नुको एक मात्र कारण हो पार्वतीले पाएको शिक्षा र सिकाई।

शिक्षाका मामिलामा मधेशी दलितहरू समग्र नेपालीमा सबैभन्दा पछाडि छन् । उनीहरूको साक्षरता दर ४२.८ प्रतिशत छ। पढनका लागि स्कुल छिर्ने कै हिसाब गर्ने हो भने सबैभन्दा पछाडि छन् मधेशी दलितहरू।  एक सयजना मधेशी दलितमा ४८ जनाभन्दा थोरै बढी मात्र स्कुल भर्ना हुन्छन् जबकी  यो दर पहाडी बाहुन र नेवारमा ९६ प्रतिशत छ। त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रको केन्द्रिय विभागले सन् २०१८ …

0 comment
0 FacebookTwitterEmail

अमेरिकामा उमेर पुगेका प्रत्येक बालबालिकाहरूलाई तिनका अभिभावकले नजिकैको सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्यता कानूनले नै गरेको छ । यस्ता सामुदायिक विद्यालयहरूमा निःशुल्क बस सेवा, निःशुल्क वा अभिभावकको आर्थिक अवस्था अनुसार तोकिएको नाम मात्रको शुल्कमा दिवा खानाको व्यवस्था समेत गरिएको हुन्छ ।
नेपालसँग तुलना गर्ने हो भने अमेरिकी शिक्षा पद्धति एकदमै भिन्न छ । अमेरिकामा विद्यालय तहदेखि नै व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिन्छ । त्यहाँका सामुदायिक स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्ना पुस्तकहरू घर ल्याउँदैनन्, स्कुल मै रहेको निजी “लकर“ मा राख्ने गर्दछन् । लकरमा आफ्नो पुस्तक र कापीहरू राखेर हलुका उनीहरू हुँदै घर फर्कन्छन् । आफूलाई आवश्यक परेका …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved