Home » साहित्य/कला/संस्कृति » Page 3
Category:

साहित्य/कला/संस्कृति

हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ ।

पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।

साहित्यकार कविराज भट्ट होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उहाँका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय
0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ। परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर क्रप्स (एचसिसिएन) नेपालको आयोजनामा लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बुद्ध जन्मस्थल लुम्बिनीबाट विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन्।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारका द्वन्द्व देखापरेकाले समस्या समाधानका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताउनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको बताउँदै …

0 comment
0 FacebookTwitterEmail

अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक तरिकाले मनाउने गरेका छन्। झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ। रानाथारू समुदायमा दुई चरणमा होलीपर्व मनाइने गरिन्छ। पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ।

त्यसपछिका आठ दिनको समय मृत्त होली मनाउने प्रचलन रहेको रानासमुदायका अगुवा बताउँछन्। “मृत्त होली अन्य समुदायको होली सकिएपछि सुरु हुन्छ”, भीमदत्त नगरपालिका–१९ का साहेव रानाले भन्नुभयो, “माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होली मनाउँछौँ”, उहाँले फागू पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउने बताउनुभयो।

“गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन्”, रानाले भन्नुभयो, “होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो …

0 comment
0 FacebookTwitterEmail

जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ। यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा चैत ६ गते मङ्गलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन्।

भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ। चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन्।

चैत महिनाको उजेली मङ्गलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको …

0 comment
0 FacebookTwitterEmail

वसन्त पञ्चमी बितेको पनि एक महिना नाघ्यो । तर मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कतै फागु गीतको रौनक छैन । वसन्तपञ्चमीसँगै फागुन पूर्णिमासम्म बस्तीबस्तीमा गाइने फागु (होरी) गीत सुन्न छाडिएको छ । साँझको खानपिन सकेपछि टोलटोलका बजनिया (बाजा बजाउने, झ्याली, मृदङ्ग, डम्फू, हारमोनियम, ढोलक आदि) र गवैयाका समूह एक ठाउँ भेला भई झ्याली, डम्फू र मृदङ्को तालमा गाइने होरी गीतको शृङ्गारिक भाव सम्झेर महोत्तरीको भङ्गाहा–४ रामनगरका ७२ वर्षीय राजदेव महतो अहिले पनि रोमाञ्चित हुनुहुन्छ ।

“वसन्तपञ्चमी सकेपछि मिथिलामा वसन्तोत्सव सुरु हुन्थ्यो, टोलटोलमा समूहमा गाइने होरी गीत सुनेर ओछ्यानमा पल्टेका पनि लय भर्थे” महतो भन्नुहुन्छ, “करिब डेढमहिना (वसन्त पञ्चमीदेखि फागुन पूर्णिमासम्म) …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई  क्षति  नपुर्‍याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।  बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको आज सम्पन्न तीनदिने कार्यशालाका सहभागीले बृहत्तर लुम्बिनीको विकाससँगै प्राचीन सम्पदाको संरक्षण पनि महत्वपूर्ण हुने बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्विक विभाग र युनेस्कोको आयोजनामा आइतबारदेखि कार्यशाला भएको हो।

कार्यशाला समापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्धजन्मस्थल विश्वभरका एक अर्ब बढी मानिसको आस्थाको केन्द्रसमेत भएकाले त्यसलाई …

नछोऊँ लुम्बिनीका पुरातात्त्विक सम्पदा
0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-११

अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण नै सम्झनामा आयो। श्रीकृष्ण द्वैपायन व्यासका अनुसार नियोगको चलन महाभारतकालीन समाजमा सामान्य थियो। स्वीकृति भने चाहिन्थ्यो आधिकारिकरुपमा। जस्तो कि स्वयं श्रीकृष्ण द्वैपायन, मत्स्यगन्धासँग महर्षि पराशरको सहमतिमा भएको सम्पर्कबाट शुक्ला गण्डकीको द्वीपमा जन्मेका थिए।

महाभारतका अनुसार कालो वर्णका ती महर्षि पुत्र वयस्क थिए र वेदका ज्ञाता थिए, त्यसैले उनलाई वेदव्यासको रुपमा मानिएको हो। उनी पराशर पछि व्यासको रुपमा स्वीकृत भएका हुन्। त्यो बेलामा व्यास हुनु भनेको लामो अनुभव र अभ्यासको पारदर्शी प्राज्ञिक अनुष्ठानबाट मात्र सम्भव थियो। …

पिताको अपमानको बदला लिने कार्यभार
0 comment
0 FacebookTwitterEmail

ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ। खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो।

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो। चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका …

0 comment
0 FacebookTwitterEmail

नेपाल भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन्। यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य हुन्। यी दुवै सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि सर्वसाधारणसम्म सहभागी हुने गर्दछन्।

यी दुवै अवसर श्रीराम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन्। रामजानकी विवाह महोत्सव रामसीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्रीराम जानकीले विवाहपश्चात् विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुसरण हो।

प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृत्तमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर २८ फागुनमा यात्राको दोस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर (कलना) पुगेको छ। यस क्रममा सबैले सीयाराम …

0 comment
0 FacebookTwitterEmail

बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २६ गते प्रव्रज्या आयोजना गरिएको छ। मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन्।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा एक हजार दुई सय ५० जनालाई कूलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो।

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved