Home » स्वास्थ्य » Page 10
Category:

स्वास्थ्य

स्वास्थ्य बिमा लागु भएका लुम्बिनीका अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि व्यवस्थापनमा चुनौती थपिदा सेवा सहज बन्न सकिरहेको छैन । प्रदेशका स्वास्थ्य मन्त्री देखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सम्मले बिमाका कारण सरकारी अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि सेवा सहज बनाउन चुनौती रहेको बताएका छन् ।

बुटवलमा स्वास्थ्य बिमा बोर्डले गरेको एक कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बिमाका कारण बिमा कार्यक्रम लागु भएका अस्पतालहरूमा आकर्षण बढ्दो रहे पनि सेवा लिन धेरै समय लाग्ने गरेको बताउनुभयो ।

लामो समय लाइनमा उभिनुपर्ने, निःशुल्क औषधी आर्थिक स्रोतको अभावले पर्याप्त मात्रमा दिन नसकिने अवस्था रहेको उहाँको भनाइ थियो । अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई …

लुम्बिनीमा स्वास्थ्य बिमा गर्ने सेवाग्राही बढ्दो, व्यवस्थापनमा चुनौती
0 comment
0 FacebookTwitterEmail

डाक्टरको लापरबाहीले एक युवकको हात कटिएको परिवारले आरोप लगाएका छन् । दुर्घटना हुँदा भाँचिएको हात डाक्टरको गलत निर्णयले काट्नु परेको पीडित परिवारको आरोप छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने सुदामा साहका  १७ वर्षीय छोरा भोलाकुमार साहको हात काटिएको पीडित परिवारले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।
भारतबाट नेपाल आउने क्रममा रक्सौलमा रिक्सा पल्टिदा भोला कुमारको हात भाँचिएको थियो । दुर्घटना पछि सीमावर्ती सहर रक्सौलको एसआरपिएम मेमोरियल ट्रस्ट सुपर स्पेसियलिटि हस्पिटलमा अपरेसन गरी हातमा स्टिल जडान गरी उपचार भइरहेको थियो ।
सोही क्रममा वीरगन्जमा रहेको आशाराम हस्पिटल छ, त्यहीँबाट उपचार गराउन आउनु भनेर डाक्टर अलोक
डाक्टरको लापरबाहीको कारण युवकको हात काटिएको परिवारको आरोप
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज लगायत तराई क्षेत्रमा गुणात्मक रूपमा बढ्दै गएको चिसोको कारण जनजीवन प्रभावित भएको छ । यहीँ पुस १५ गते देखि सुरु भएको हुस्सुको कारण तराईमा चिसो बढ्दै गएको हो । 

तराईका जिल्लामा क्रमशः कठ्याङ्ग्रिने चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुस्सु र चिसो हावा चल्दा अति विपन्न वर्गलाई विभिन्न समस्या भएको छ । केही दिन देखि लगातार रूपमा बढ्दै गएको शितलहरले मध्य तराईवासीको जनजीवन कष्टकर भएको हो  ।

घाम नलाग्नुका साथै चिसो हवासँगै बढ्दै गएको हुस्सुले तापक्रम झर्दै गएपछि दैनिकी जनजीवन प्रभावित हुन थालेको हो । शितलहरसँगै चल्ने चिसो हवाले हात खुट्टा कठ्याङ्ग्रिने गरेको कारण दैनिक कामकाजमा समेत

तराईमा बढ्दै चिसो, जनजीवन प्रभावित
0 comment
0 FacebookTwitterEmail

ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ। गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ।

खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ। “ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उहाँले भन्नुभयो।

डुडुवा–१ की निर्मला कोरीको अवस्था पनि उस्तै छ। “आफूसँग भएको जमिनमा रुखबिरुवा छैनन्, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा स¬ङ्कलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने …

0 comment
0 FacebookTwitterEmail

कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ। उनीहरूले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ। युवा कुलतमा फस्ने र  धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो। परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन्।

विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन्।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा …

आयातित रक्सी बन्द ! “खाने भए खाऊँ घरचुवा”
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ। विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो।

विगतमा सङ्घीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ। कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ। जसअनुसार प्रदेश सरकारले …

काँचुली फेर्ने तयारीमा हेटौँडा अस्पताल
0 comment
0 FacebookTwitterEmail

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ। कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ। विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो। अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ।

यस्तै आव २०७८/७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९…

कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि
0 comment
0 FacebookTwitterEmail

नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ। यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ। नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ।  

डा विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रूपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउनुहुन्छ। जसकारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी बेहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ।

चिकित्सा विज्ञानमा सबैभन्दा ठूलो काम नै रोगको सही पहिचान गर्नु हो। रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको …

उपचारको पहिलो ढोकामा नै गोलमाल
0 comment
0 FacebookTwitterEmail

जनस्वास्थ्य तथा वातावरणका दृष्टिकोणले अत्यन्त सकारात्मक निर्णय गर्दै काठमाडौँ महानगरपालिकाले आज बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ।

यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो। कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो।

कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको प्रवक्ता मानन्धरले जानकारी दिनुधयो। उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved