Home » स्वास्थ्य » Page 11
Category:

स्वास्थ्य

आगामी डिसेम्बर ८ तारिखका दिन नेपालमा मर्यादित महिनावारी दिवस मनाइने भएको छ । ‘लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ पाँचौँ मर्यादित महिनावारी दिवस मनाउन लागिएको हो ।

दक्षिण गोर्लादीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा विशेष कार्यक्रमसहित यो दिवस मनाउने तयारी गरेको हो ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था राधा पौडेल फाउन्डेसनकी संस्थापक डा. राधा पौडेलले समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले दिवसलाई राष्ट्रिय रूपमै मनाउने जानकारी दिनुभयो ।

पौडेलले नेपालमा मनाइने यस दिवसमा विश्वभरिका …

0 comment
0 FacebookTwitterEmail

मुटु रोगको सहज उपचारका लागि कोसी प्रदेश सरकारले प्रादेशिक स्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा सर्वसुलभ स्तरमा मुटु रोगको उपचार केन्द्र नहुँदा कोसी प्रदेशका नागरिक काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्यका लागि  प्रदेश सरकारले सरकारी स्तरको मुटु रोग उपचार केन्द्र खोल्ने तयारी गरेको हो ।

विराटनगरमा रहेको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रलाई प्रादेशिक स्तरको मुटु रोग अस्पतालमा रूपान्तरण गरी सबै प्रकारका मुटु रोग सम्बन्धी उपचारार्थ अस्पताल स्थापना गर्ने लागिएको कोसी प्रदेश सरकारले जनाएको छ ।

जसका लागि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा रहेका दुई वटा भवन मध्ये एउटा भवनलाई प्रयोग गरी १ सय बेडको

विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने
0 comment
0 FacebookTwitterEmail

चिनियाँ वैज्ञानिकहरूले विकास गरेको एक ‘आर्टीफिसियल इन्टेलीजेन्स टुल्स’ ले क्यान्सरको राजा मानिने प्यानक्रेटिक क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सफल भएको छ ।

अलिबाबा कम्पनीका लागि वैज्ञानिकहरूले विकास गरेको यो स्क्रिनिङ्ग प्रविधिले परीक्षणमा ९९ दशमलव ९९ प्रतिशत सफलता देखाएको छ । एक हजार मानिसको पेटको पेनक्राइजको स्क्रिनिङ्ग गर्दा एक जनाको मात्रै असफल भएको थियो ।

यो क्यान्सर लागेका मानिसको सुरु अवस्थाको पत्ता लगाउन निकै मुस्किल मानिन्छ, जब पत्ता लगाउन सकिन्छ, त्यति बेला रोगीलाई बचाउन प्राय असम्भव भैसकेको हुन्छ । यसको उपचार सफलताको दर १० प्रतिशत मात्रै छ ।

तर मायो किल्निकका अनुसार पेन्क्राइजको क्यान्सर सुरुमै पत्ता लाग्यो भने उपचार एकदम सहज …

0 comment
0 FacebookTwitterEmail
अस्ट्रेलिया सरकारले आगामी आउँदो जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मङ्गलबार सरकारले गरेको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । 

स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताउनुभयो । अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म कहिले देखि प्रतिबन्ध लगाउने भन्ने मिति किटान गरेको थिएन । 

लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताउनुभयो । “यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित
0 comment
0 FacebookTwitterEmail

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की तारादेवी कार्की २०७८ सालदेखि ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ। भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ।

मजदुरी गर्ने उनका श्रीमान् ज्ञानप्रसाद भट्टराईले श्रीमतीको उपचारमा ११ लाख बढी रुपैयाँ खर्चिसक्नु भयो । उपचारमा जायजेथा सकियो। त्यसैले भट्टराई श्रीमतीको उपचारका लागि सहयोग जुटाउन विभिन्न कार्यालय धाइरहनुहुन्छ।।

कोसी प्रदेश सरकारले गएको चैतमा आर्थिक सहायतासम्बन्धी कार्यविधि पास गर्‍यो। कार्यविधिमा क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिने उल्लेख छ।

सोहीअनुसार भट्टराई गएको वैशाख २० गते कोसी प्रदेश स्वास्थ्य मन्त्रालय पुग्नुभयो। उहाँले आर्थिक सहयोग लिन आवश्यक सबै कागज पुर्‍याएर मन्त्रालयमा निवेदन दर्ता गराउनुभयो। तर, अहिलेसम्म आर्थिक सहायता पाउनुभएको छैन।

मन्त्रालयबाट आर्थिक …

कोसी प्रदेश: कडा रोग लागेका बिरामीलाई आर्थिक सहायता दिने बजेट छैन
0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशमा डेङ्गेबाट एक हजार चार सयको मृत्यु र तीन लाख सङ्क्रमित भइसकेका छन् भने श्रीलङ्कामा बुधवार बिहानसम्म डेङ्गेका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।

श्रीलङ्कामा यो वर्षको सुरुदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गेका कारण ४३ जनाको मृत्यु भएको छ ।    वर्षा यामका कारण डेङ्गेका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् । …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेका अस्पताल विकास समिति खारेज गरेको छ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो।

पाण्डेका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिनेछ। प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसका लागि कार्यविधि, २०८० स्वीकृत गरेको छ।

आँखाको नानी निःशुल्क प्रत्यारोपण कर्निया ट्रान्सप्लान्टेसन शोध भर्नासम्बन्धी कार्यविधि,२०८० स्वीकृत गरेको छ। चालिस वर्षभन्दा माथिका लागि नसर्ने …

0 comment
0 FacebookTwitterEmail

इजरायल र हमास युद्धमा मंगलबार राति सबैभन्दा ठूले हमला भएको छ।

गाजा सहरको अहली अरब सिटी हस्पिटलमा रकेट हमला हुँदा ५०० जनाको मृत्यु भएको छ। हमासले यो हमला इजरायलले गरेको दाबी गरेको छ। यता इजरायलले हस्पिटलमाथिको हमलामा आफ्नो हात नरहेको बताएको छ।

गाजा अस्पतालमा भएको हमलापछि आज इजरायल पुग्नेहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको अरबका नेतासँग हुने भनिएको भेटवार्ता रद्द भएको छ।

इजरायलले एक भिडियो जारी गर्दै प्यालेस्टाइनी लडाकुले नै अस्पतालवरिपरि हमला गरेको बताएको छ।

गाजामा यतिबेला ५ हजार महिला गर्भवती रहेका र उनीहरुलाई उपचारको आवश्यकता रहेको न्युयोर्क टाइम्सले लेखेको छ। तर त्यहाँका हस्पिटल तथा क्लिनिकमा न औषधि छ न त …

0 comment
0 FacebookTwitterEmail

भैरहवाकी कमलादेवी शर्माको दायाँ खुट्टाको घुँडामा लामो समयदेखि दुखाइको समस्या थियो। जताततै धाउँदा पनि ठीक भएन। तर उहाँकोे विशेषज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि त्यसपछि सहजता हुँदै गएको छ। ‘कहाँ–कहाँ धाइनँ तर ठीक भएन,’ उहाँले भन्नुभयो, ‘थाई चिकित्सक र सिद्धार्थनगर सिटी अस्पतालका डाक्टरको सहयोगले शल्यक्रिया भयो, अब दुखाइ नहोला भन्ने विश्वास छ।’

घर छेउमा विदेशी विशेषज्ञ चिकित्सकबाट निःशुल्क घुँडाको शल्यक्रिया गराउन पाउँदा निकै खुशी लागेको उहाँको भनाइ छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का ७० वर्षीया चित्रबहादुर भण्डारीको ३ वर्षदेखि बायाँ खुट्टाको घुँडामा समस्या थियो। दुखाइले उठबस र हिँडडुल गर्न निकै समस्या पथ्र्यो। स्थानीय अस्पतालमा जाँच गराउँदा शल्यक्रिया गर्न चिकित्सकले सुझाए। आर्थिक अभावले भण्डारी …

थाइल्यान्डबाट आएर बुद्धभूमिमा निःशुल्क शल्यक्रिया
0 comment
0 FacebookTwitterEmail

अमेरिकामा पछिल्लो १०० वर्षमा पहिलोपटक मानिसको औसत आयुमा ठूलो गिरावट आएको छ। अब त्यहाँका मानिसको औसत आयु घटेर ७६ वर्ष पुगेको छ।

पछिल्ला २–३ वर्षअघि औसत आयु ७९ वर्ष थियो। सन् १९०० को सुरुवातदेखि अमेरिकामा उपलब्ध उत्कृष्ट चिकित्सा व्यवस्था र औषधिका कारण मानिसको अपेक्षित आयु लामो बनेको थियो। तर पछिल्ला केही वर्षमा यसमा गिरावट आउन थालेको छ। यसमध्ये एउटा कारण कोभिड पनि हो।

२०२० मा कोभिड महामारी कैयौँ देशमा राजनीतिक मुद्दा नै बन्यो। तर अमेरिकामा भने यसको राजनीतिकरण अन्तभन्दा बढी भयो। त्यहाँ केही मानिस भ्याक्सिन लगाउन मानेका थिएनन् भने केहीले कोभिडसम्बन्धी नियमको विरोध गरेका थिए।

यदि जनसंख्याको अनुपातमा हेर्ने हो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved