एप्पल इंकको अफिसियल पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले स्थानी उत्पादन बढाउन भारतको तेलंगानमा नयाँ प्लान्ट लगाउँदै छ। यसका लागि ५० करोड अमेरिकी डलर लगानी हुने भएको छ। फक्सनले प्लान्ट लगाउँदा तेलंगाना राज्यमा रोजगारीको अवसर पैदा हुने बताइएको छ। पहिलो चरणमा कम्तीमा २५ हजार जनाले रोजगारी पाउने तेलंगाना नगर प्रशासन तथा सहरी विकासमन्त्री के.टी रामारावले जानकारी ट्विट गर्दै जानकारी दिएका छन्।
विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता तेलंगाना सरकारसँग कम्पनीले संयुक्त बयान जारी गर्दै नयाँ प्लान्टमार्फत विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता गरेका छन्। साथै, उक्त प्लान्ट तेलंगानामा फक्सकन इन्टरकनेक्ट टेक्नोलोजी सञ्चालनार्थ हबका रुपमा काम गर्नेछ। यसले भारतमा हाल हुने उत्पादन क्षमतालाई पनि बढाउने बताइएको छ।
यही महिनामा फक्सकन ग्रुपले बेंगलोर विमानस्थलनजिक जमिन पनि खरिद गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कम्पनीले करिब ४ करोड डलरमा बेंगलोरमा जमिन खरिद गरेको छ। सो जमिनमा फक्सकन टेक्नोलोजी ग्रुपले म्यानुफ्याक्चरिङ प्लान्ट निर्माण गर्नेछ।
अमेरिका–चीनबीच बढ्दो तनावका कारण एप्पले आफ्नो म्यानुफ्क्याचरिङ (उत्पादन) भारतमा केन्द्रित गर्न थालेको छ। भूमण्डलीकृत राजनीतिक तनाव र कोरोना महामारीपछि एप्पलसहित अन्य अमेरिकी टेक कम्पनी चीनबाट बाहिर निस्केर उत्पादन सुविधा विस्तार गरेका छन्।
एप्पलले सन् २०१७ देखि नै भारतमा आइफोनको स्पेसल इडिसन (विशिष्ट संस्करण) उत्पादन सुरु गरेको थियो, जसमा फक्सकन, विस्ट्रन र पेगाट्रन गरी तीन इलेक्ट्रोनिक्स साझेदार छन्। स्पेसल इडिसनपछि कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ पनि उत्पदन गरको थियो।
आइफोनका तीनवटै साझेदार उत्पादककर्ता भारत सरकारको ४ खर्ब १० अर्ब भारुको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ योजना (पिएलआई) को हिस्सा हो। यो योजनापछि भारतमा आइफोन उत्पादन बढेको छ। सन् २०२० मा भारत सरकारले पिएलआई योजना जारी गरेपछि भारतबाहिरका कम्पनीले स्थानीय उत्पादनको फाइदा उठाएका छन्।
-एजेन्सी
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने