प्राकृतिक इतिहास संग्रहालय नेपालको प्राकृतिक इतिहास संग्रहालय हो। विसं २०३२ मा स्थापित यो संग्रहालय काठमाडाैंको स्वयम्भूमा अवस्थित छ। नेपालको प्राकृतिक इतिहाससम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। संग्रहालयले नेपालका ५० देखि ५५ हजारभन्दा बढी वनस्पति र वन्यजन्तुकोे नमुना संकलन गरी प्रदर्शनमा राखेको छ। यो संग्रहालयले नेपालमा ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ साइटेससम्बन्धी तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ।
संग्रहालयमा ५५ हजारभन्दा बढी वनस्पति तथा जनावर भएता पनि प्रदर्शनमा १० प्रतिशत मात्र राखिएको छ। बाँकी नमुना भने स्टोर रुममा थन्काएर राखिएको प्राविधिक व्यक्ति देवेन्द्र मर्हजनले बताउनुभयो। उहाँका अनुसार करिब एक सयभन्दा बढी रैथाने प्रजातिका बिरुवा संग्रहालयवरपर वृक्षरोपण गरिएका छन्। यँहा ९८ प्रतिशत जनावर तथा वनस्पति भने नेपालकै रहेका छन्। बाँकी २ प्रतिशत विदेशबाट ल्याइएको मर्हजनले जानकारी दिनु भयो।
मर्हजनका अनुसार संग्रहालय एउटा सिंगो जंगल हो। धेरै प्रजातिका वन्यजन्तु तथा वनस्पति एकै ठाँउमा अवलोकन गर्न पाइन्छ। वन्यजन्तुको अवशेष मात्र रहेको हुँदा कुनै किसिमको खतरा नहुने र विधार्थीका लागि झनै उपायोगी हुने महर्जनले बताउनुभयो।
तत्कालीन श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवबाट उपहारस्वरुप प्राप्त भएको काकाकुल पनी संग्रहालयमा राखिएको छ। राजाको पालामा राजाले सिकार गरी ल्याएका जनावरका अवशेष पनि प्राकृतिक संग्रहालयमा अवलोकन गर्न पाइन्छ।
संग्रहालयमा अध्ययन तथा अवलोकन गर्न ५० देखि ३०० जना विद्यार्थी आउने गरेको महर्जनले बताउनुभयो। साधारण व्यक्ति भने दैनिक १५ देखि २५ जनासम्म आउने गरेका र विदेशी नागरिक भने दैनिक १६ जनासम्म आउने ल्याब ब्वाय रन्जु श्रेष्ठले बताउनुभयो।
श्रेष्ठका अनुसार संग्रहालयभित्र फरमाइलिन हालेर सिसाको फ्रेमभित्र सर्प, माछा, कछुवा, यार्सागुम्बा, पाँचऔंले, कीरा, बिरुवा राखिएको छ। पानीभित्र राखिएका सबै जनावर सक्कली हुने श्रेष्ठको भनाइ छ। उहाँका अनुसार कुनै पनि जनावरको भित्री भाग झिकिएको हुँदैन। सुक्खा भागमा राखिएका जनावर चरा, गोही, बाघ, भालु, अजिङ्गर, गैंडा गोहोरो इत्यादिको भित्री भाग झिकेर नरिवलको जट्टा कपास हालिएको हुन्छ।
नेपालमै लोपाेन्मुख अवस्थामा रहेको बामपुड्के बँदेल र रामगाई हेर्न सकिन्छ। जैविक, रासायनिकसम्बन्धी एकै ठाँउमा बसेर हेर्न तथा सिक्न सकिने नेपालकै महत्व बोकेको संग्रहालयका प्रमुख गणेशबहादुर थापाले बताउनुभयो। धेरै किसिमका जनावर तथा बिरुवा भएर पनि प्रदर्रशन गर्ने पर्याप्त ठाउँ नहुँदा छायामा परेको थापाको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रूपेश आचार्य का अन्य पोस्टहरु:
- सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री
- धरहरा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य, नयाँ साल देखि सर्वसाधरणका लागि खुला गर्ने तयारी
- भगवान् बनाएरै जीवन चलाएका रवि, जो मासिक लाख कमाउँछन्
- महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
- किन बढिरहेको छ उपत्यकामा चोरीका घटना ?
- गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
- थापाथलीको सुकुमबासी बस्ती भित्र छिर्दा
- महानगरले सुर्तीजन्य पदार्थमा लगाएको रोकप्रति व्यापारीको गुनासै गुनासा
- दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
- द्रुत बस सेवा: कतै हर्ष, कतै दुखेसो