चीनको एक रेस्टुरेन्टोमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। यिनचुआन सहरमा बुधबार भएको घटनामा परी ७ जना घाइते भएका छन्।
चिनिया सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास लिक हुँदा सो घटना भएको हो।
ड्रागन बोट फेस्टिभलको तयारी चलिरहेकाले घटना हुँदा वरिपरिको इलाकामा निकै भीडभाड रहेको बताइएको छ।
दमकल विभागका एक अधिकारीका अनुसार रेस्टुरेन्टमा पहिले पड्किएको आवाज आयो। लगत्तै ह्वारह्वार आगो बल्न थाल्यो। समयमै दमकल पुगेकाले आगो नियन्त्रणमा आयो र धेरै थप क्षति हुनबाट जोगियो।
रेस्टुरेन्टमा भएको घटनापछि सरकारको सुरक्षा मापदण्डलाई लिएर प्रश्न उठेका छन्। बाक्लो बस्ती रहेको इलाकालाई सुरक्षित बनाउन स्थानीयले सरकारसँग मागसमेत गरेका छन्।
आवासीय क्षेत्रमा आगो लागेको यो पहिलो घटना भने होइन। यसअघि २५ नोभेम्बर २०२२ मा सिन्जियाङको एक भवनमा आगो लागेको थियो। आगलागीमा परी १० जनाको मृत्यु भएको थियो भने ९ जना सर्वसाधारण घाइते भएका छन्।
इलेक्ट्रिक सकेट एक्स्टेन्सन गर्दा आगो लागेको रोयटर्सले उल्लेख गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
