पढ्न र पढाउन दुवै असजिलो कार्य हुन् । पढिनस् भन्न, पढ् कि पढ् भन्न जति सजिलो छ, आफैमा लागू हुँदा पढ्न अप्ठेरै हुन्छ । शिक्षकले पढाउँदैनन्, पढाएनन्, पढाएको बुझिँदैन भन्न सजिलै छ । पढ्न र पढाउन दुवैमा आनन्द महसुस गर्नुपर्छ । यसर्थ पढ्न र पढाउन सजिलै छ र यी कामको जस पनि पाइन्छ । प्राचीन समयदेखि नै पढ्नेले पनि पढ्दै आएका छन्, पढाउनेले पनि पढाउँदै आएकै छन् । पढ्नेले कति सिके वा जाने भनेर र पढाउनेले पनि पढाए मुताबिक पढ्नेले कति सिके वा जाने भनेर पढ्नेको मूल्याङ्कन गरिन्छ । यसैले यस वेबसाइटमा प्रकाशित साधारण लेखलाई चाहिँ निरन्तर मूल्याङ्कन प्रणालीको प्रसङ्गतर्फ डोर्याएको छु । शिक्षकले जे भन्नुहोस्, मेरा केही क्षेत्र भ्रमणका अनुभव, विज्ञका प्राज्ञिक लेख, विद्यालय तथा शिक्षकका भोगाइ आदि समेतको आधारमा नेपालमा निरन्तर मूल्याङ्कन प्रणाली प्रभावहीन बनेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
भगवान खनाल का अन्य पोस्टहरु:
- …त्यसपछि जनज्योति बसाइँ सर्यो
- श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा
- कमजोर र अवैज्ञानिक स्कुलको कार्यसम्पादन परीक्षण साधन
- विपद् सङ्कटासन्न चामे: बाढी भत्काएका मनाङी सपनाहरू
- स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
- के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?
- दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
- सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
- कर सङ्कलनमा किन खटिनु पर्यो जनप्रतिनिधि ?
- हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह