२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ। उनीहरूले एकवर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन्। दोहोरिएका जनप्रतिनिधिका भने अनुभव पनि दोहोरो नै भएको छ। एक वर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दा उनीहरूले ज्ञान, सीप र क्षमताअनुसार कार्यसम्पादन गरेका छन्। पदीय जिम्मेवारी निर्वाह गर्दै नेतृत्व क्षमताको दायरा पनि विस्तारित गर्दै लगेका छन्।
मानवीय जीवनमा नेतृत्व सीप आवश्यक छ। हरेक विधा र पेसासम्बद्ध व्यक्तिलाई व्यावसायिक र पेसागत कर्ममा सफलता हासिल गर्न नेतृत्व सीप अपरिहार्य छ। नेतृत्व जन्मजात नभई आर्जित गुण भएकाले जीवनमा सफलता प्राप्त गर्न नेतृत्व सीप आवश्यक परेको हो। अतः स्थानीय जनप्रतिनिधिलाई काममा सफलता प्राप्त गर्न नेतृत्व सीप चाहिन्छ। जनतालाई नचाहेको विकास लाद्ने, थुपार्ने प्रयास गरेमा असफल बनिन्छ। जनताको मनमा नेतृत्व सीप पस्न सकेमा गर्न नसकिने काम पनि गर्न सकिन्छ। जनताका मूल्य, मान्यता, संस्कार आदिलाई ध्यान दिनु पनि नेतृत्व सीपभित्र पर्दछ।
स्थानीय तहका जनप्रतिनिधिको सञ्चालन भइरहेको नेतृत्व सीपसम्बन्धी तालिमका क्रममा सहजकर्ताले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएको मह सिकारसम्बन्धी डकुमेन्ट्री देखाए। उक्त सामग्री हेरेपछि सहभागीलाई तिनले देखेका, अनुभव गरेका पक्षहरू भन्न लगाइयो। त्यहाँ कुखुराको भाले पूजा गरेको, काटेको मन नपरेको टिप्पणी गरिन् बाग्लुङ गलकोट नगरपालिकाकीले एक वडा सदस्यले।
जनताको मूल्य, मान्यता र संस्कारलाई नेतृत्वले अपनत्व नलिने हो भने सफल हुन नसकिने सन्देस सहजकर्ताले दिन खोजे। तर टिप्पणीकर्ता वडा सदस्यको अनुहारले उनी खुसी बनेको देखिँदैनथ्यो। उक्त डकुमेन्ट्री देखाएर सहजकर्ताले विकासका काममा एकचित्त हुने, आपसमा भेला हुने, अपनत्व लिने कार्य गर्नुपर्छ भन्ने सन्देश दिन चाहेका थिए। सामूहिक रुपमा काम गरेमा अप्ठेरा काम पनि सहजै उद्देश्यमा पुग्न सकिन्छ भन्ने सन्देशसमेत उक्त डकुमेन्ट्रीको थियो।
स्थानीय तहमा सर्वसुलभ रूपमा उपलब्ध प्रविधि, तरिकाको प्रयोग गर्न जानेमा नेतृत्व सफल हुन्छ जसरी मह काढ्नेले हात चाटे, मह काढ्न सफल भए। यसैले कुशल, असल र नतिजामुखी नेतृत्व प्रदान गर्न आवश्यक छ।
मह शिकारीले परम्परागत घरेलु सामग्रीका साथ स्थानीय स्रोतको परिचालन गरी मह काढेका थिए। त्यहाँ कुनै जापानी, चिनियाँ, कोरियन प्रविधिको प्रयोग गरिएको थिएन। मह काढ्ने परियोजना सफल बनाउन आत्मविश्वासको लागि वनदेवीको पूजा गरिएको थियो। आगो फुकिएको थियो। वनमा भएका लहराको प्रयोग भएको थियो। आगो फुक्नुको अर्थ मौरीले नटोकून् भन्न खोजिएको थियो। यदि मानिसलाई मौरीले टोकेमा टोक्ने मौरी पनि मर्दा रहेछन्। यसैले मौरी बचून भन्ने उद्देश्य थियो। अहो ! कति वैज्ञानिक तरिका।
त्यहाँ एकजना मानिसले निर्देशन दिएका थिए। सुरक्षा, योजना, मह काढ्ने, संकलन गर्ने सबै जिम्मेवारी बाँडफाँट थिए। काढ्नले पछि हात चाटेर गुलियो रसास्वादन गरेका थिए। अंग्रेजीमा अर्थ टी– टुगेदर, ई– एभ्रिवान, ए– अचिभ र एमको अर्थ मोर भन्ने हुन्छ। यसैले समूह कार्य, सहकार्य भएमा सफल बनिन्छ भन्ने सन्देश डकुमेन्टीले बोलेको थियो।
स्थानीय तहमा सर्वसुलभ रूपमा उपलब्ध प्रविधि, तरिकाको प्रयोग गर्न जानेमा नेतृत्व सफल हुन्छ जसरी मह काढ्नेले हात चाटे, मह काढ्न सफल भए। यसैले कुशल, असल र नतिजामुखी नेतृत्व प्रदान गर्न आवश्यक छ। कर्णालीको कुनै खोला, नदीमा सरकारले पुल बनायो तर जनता भने उक्त पुलबाट नतरेर आफैंले हालेको फड्केबाट जोखिमै मोलेर भए पनि वारपार गर्न छोडेनन्। किन ? सबै दंग परे ? सञ्चारमाध्यमले समाचार पनि प्रकाशन–प्रसारण गरे। त्यहाँ भारी बोक्दा तेर्सो पारेर बोक्ने प्रचलन रहेछ। तर उक्त पुल चाहिँ तेस्रो भारी बोक्दा साँघुरो हुने गरी बनेको रहेछ। यसैले सरकारले योजनाको विस्तृत परियोजना तयार गर्दा स्थानीय मूल्य, मान्यतालाई पनि आकलन गर्न आवश्यक छ भन्ने उक्त पुलको उदाहरण हो। स्थानीय नेतृत्वले स्थानीय जनताको मूल्य, मान्यता, संस्कार आदिलाई अंगीकार गर्दै विकासका काममा अघि बढेमा सफल बनिन्छ भन्नेमा सहजकर्ताले प्रस्टोक्ति दिए। व्यावसायिक कामका लागि जाति, समुदाय बाधक हुँदै होइन।
नेतृत्वका लागि आफैँमा पनि समर्पित हुने गुण चाहिन्छ। पाँच, दश, वर्षमा वडा, नगर, गाउँ कस्तो बनाउने भन्ने नेतृत्व सीप चाहिन्छ। लक्ष्यमा पुग्न एक्लै हिँडेर पुग्न सकिँदैन। मह काढ्न समूहमा कार्य गरेझैं वडा, वस्ती, संस्थागत विकास गर्न समूह चाहिन्छ। वडावासी समूह हुन्, वडावासीलाई प्रोत्साहन गर्ने खालका कार्य गर्न सकेमा मरेर गए पनि बाँचिन्छ।
कुनै स्थानीय तहले धराने कालोबंगुर र सुंगुरको पाठापाठी वितरणको योजना ल्यायो। पाठापाठी किनेर ल्याइयो, तामझामका साथ वितरण पनि भयो। दिनेहरू नयाँ काम गरें, जनताको जीविकोपार्जनमा सहयोग गरें भन्नेमा मखलेल भए। तर अलिपछि उक्त योजना बीचैमा तुहिएछ। किन तुहियो भनेर हेर्दै जाँदा क्षेत्री–ब्राह्मण समुदायमा ती पाठापाठी वितरण भएको रहेछ। स्थानीयहरू आकर्षित हुन सकेनछन्।
बागलुङको एक स्थानीय तहले १२ कक्षा उत्तीर्ण गरेका, स्नातक अध्ययन गर्दै गरेका युवायुवतीलाई कृषिसम्बन्धी तालिम दिएछ। तालिमपछि प्लास्टिकको टनेल पनि वितरण गरेछ। टनेल लिएर गए पनि प्रयोगमा आउँदै नआएपछि अनुगमनमा पत्ता लाग्यो कि ती युवायुवतीको चाहना त लोकसेवा उत्तीर्ण गरी सरकारी जागिरमा प्रवेश गर्ने रहेछ।
नेतृत्वका लागि आफैँमा पनि समर्पित हुने गुण चाहिन्छ। पाँच, दश, वर्षमा वडा, नगर, गाउँ कस्तो बनाउने भन्ने नेतृत्व सीप चाहिन्छ। लक्ष्यमा पुग्न एक्लै हिँडेर पुग्न सकिँदैन। मह काढ्न समूहमा कार्य गरेझैं वडा, वस्ती, संस्थागत विकास गर्न समूह चाहिन्छ। वडावासी समूह हुन्, वडावासीलाई प्रोत्साहन गर्ने खालका कार्य गर्न सकेमा मरेर गए पनि बाँचिन्छ। जस्तै ग्रामीण समाजमा अझै पनि यो चौतारा, यसले बनाएको भनेर वर्षौंसम्म पनि गुणगान गएको पाइन्छ। यसर्थ वडाका जनप्रतिनिधिले पनि मरेर गए पनि बाँच्ने, पछिसम्म समाजले सम्झने काम गर्न सक्नुपर्छ।
सडकमा माइलस्टोन भएजस्तै वडाका प्रतिनिधिले पनि माइलस्टोन बाँधेर काम गर्न सक्नुपर्छ। लक्ष्य निर्धारण गर्ने, सामूहिक कार्यलाई प्रोत्साहन दिने, संगठनलाई मार्गदर्शन दिने, संस्थाको व्रिmयाकलापको समन्वय गर्ने, संंगठनात्मक प्रतिनिधित्व गर्ने आदि हुन्। स्थानीय ग्रामीण जनताले सानासाना काममा पनि जनप्रतिनिधिको साथ, सहयोग चाहिरहेका हुन्छन्। मुस्कानसहितको सेवासुविधा प्रवाह गर्न जनप्रनितिधिले ध्यान दिन आवश्यक छ। मतदाता, बासिन्दा वा जनतालाई नेताले पहिलै नमस्ते गर्दा उनीहरूले पनि झुकेर नमस्ते गर्छन्। जनताले नियमभन्दा बाहिरका काम गर्न जानअन्जानमा चाहे भने पनि हुँदैन, हुँदै हुँदैन कड्केर भन्नुभन्दा नीति, नियमले गर्न सकिँदैन भन्दा उनीहरू खुसी हुन्छन्।
नेतृत्व नतिजामा आधारित हुनुपर्दछ। नेतृत्वले कहिलेकाहीँ शीघ्र निर्णय लिन सक्नुपर्छ। समूहकार्य सीप, सञ्चार सीप, व्यवस्थापकीय सीप चाहिन्छ। आफू पनि सँगसँगै गएमा आवश्यकतामुखी भएर अगाडि बढेमा सफल भइन्छ। बुद्धिमत्तापूर्वक शक्तिको प्रयोग गर्नु नै नेतृत्व सीप हो भन्ने विस्टन चर्चिलको भनाइ चर्चित छ। कुनै काम हुँदैन भने पनि म सोचेर, बुझेर भन्छु भन्दा राम्रो हुन्छ। फेरि भेटेर उसलाई भेटेर, कानुनी कुरा दर्शाएर, देखाएर काम गर्न नसकिने रहेछ भनेर प्रमाणित गरिदिएमा माग गर्ने मानिस पनि खुसी हुन्छ।
निर्वाचनमा उसैले मत दिएर जिताएको भए पनि बुद्धिमत्तापूर्वक आफूले पाएको जिम्मेवारी सर्वमान्य तवरले अधिकार प्रयोग गर्नु नै विस्टन चर्चिलको उक्त भनाइको सार हो। हो, समाजमा विविधता छ तर विकास साझा हो। सडक, पानी, सिँचाइ, पूर्वाधार विकास साझा हो। मतदाता र स्थानीयका लागि मात्रै होइन, अन्य आगन्तुकका लागि पनि विकास साझा हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
भगवान खनाल का अन्य पोस्टहरु:
- …त्यसपछि जनज्योति बसाइँ सर्यो
- प्रभावकारी बन्न नसकेको निरन्तर मूल्याङ्कन प्रणाली
- श्रीशैलमका मल्लिकार्जूनदेखि काशीका पशुपतिनाथसम्मको यात्रा
- कमजोर र अवैज्ञानिक स्कुलको कार्यसम्पादन परीक्षण साधन
- विपद् सङ्कटासन्न चामे: बाढी भत्काएका मनाङी सपनाहरू
- के स्थानीय तहले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दैछन् ?
- दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
- सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
- कर सङ्कलनमा किन खटिनु पर्यो जनप्रतिनिधि ?
- हटिसकेको एकीकृत सम्पत्ति कर उठाउन खोज्दै स्थानीय तह