भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन्।
अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।
तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ ।
अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ । प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिए
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को