इजरायली ड्रोनले टायर सिटीको छेउमा रहेको नाकोरास्थित अन्तरराष्ट्रिय समुद्री मार्गमा चलिरहेको एउटा नागरिक कारमा मिसाइल प्रहार गरेको थियो। सिभिल डिफेन्सको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएअनुसार सिभिल डिफेन्स र लेबनानी रेडक्रसका गाडी आगो निभाउन र घाइतेलाई अस्पतालमा पु¥याउन घटनास्थलमा पुगेका थिए ।
इजरायलले सीमा क्षेत्रको पश्चिमी र मध्य क्षेत्रका तीन वटा शहर र गाउँमा पाँच वटा आक्रमण गरेको छ भने पूर्वी र पश्चिमी क्षेत्रका आठ वटा शहर र गाउँहरूमा ३० वटा गोला प्रहार गरिएको छ ।
लेबनान–इजरायल सीमा क्षेत्रमा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि इजरायलले पनि दक्षिणपूर्वी क्षेत्रमा जवाफी कारबाहीका रूपमा व्यापक तोप प्रहार गरेको छ ।
हिजबुल्लाह र इजरायलबीचको भीडन्तले लेबनानी पक्षका दुई सय २६ जना हिजबुल्लाह सदस्य र ६१ जना नागरिकसहित तीस सय ३२ जनाको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
