जी७ मुलुकहरूले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा रहेका छन् ।
“युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर मूल्य चुकाउन तेस्रो पक्षहरूलाई हाम्रो आह्वान दोहोर्याउँछौँ”, समूहले एक विज्ञप्तिमा भनेको छ, “रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा हामी इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण उपायसहित द्रुत र समन्वितरूपमा जवाफ दिन तयार छौँ ।”
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँग इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा अत्यधिक हुने बताउनुभयो । “हस्तान्तरण भएको छैन तर हस्तान्तरण हुनसक्ने वास्तविक खतरा छ”, उहाँले भन्नुभयो ।
मस्कोको सेनाले मुलुकमा पूर्णस्तरको आक्रमणको दोस्रो वार्षिकोत्सव मनाएका बेला जि७ ले जारी गरेको एक विज्ञप्तिमा युक्रेनमा रुसको युद्धका लागि चीन र इरानको समर्थनको निन्दा गरेको थियो । समूहले इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वान गर्दै चिनियाँ व्यवसायहरूले हतियारका घटक र सैन्य उपकरणहरू मस्कोमा हस्तान्तरण गरेकामा चिन्ता व्यक्त गरेको छ ।
किएभलाई सैन्य सहयोगका लागि अमेरिकी कांग्रेसमा थप रकम रोकिएपछि युक्रेनी सेनाले हतियार अभावको सामना गर्नुपरेको छ । मस्कोले युक्रेनमा प्रयोग गर्नका लागि हतियार प्राप्त गर्न तेहरानका साथै प्योङयाङतिर पनि दृष्टि दिएको छ । रुसले समेत आफ्नो घरेलु हतियारको उत्पादनलाई व्यापकरूपमा बढाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को