नेपाल वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी अपराधको केन्द्र बन्दै जान थालेको अर्को प्रमाण हो- क्यानडा, इटालीलगायतका देश पठाइदिने नाममा काठमाडौँको मुख्य बजार क्षेत्रमा नै बन्धक बनाइएका चार जना बङ्गलादेशीहरू। प्रहरीले ती चार बङ्गलादेशी नागरिकको उद्धार गरेको छ। वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ। विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ चैत राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो।
काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो। उहाँका अनुसार उक्त कार्यमा संलग्न रहेका बङ्गलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो।
गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन्।
उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको पोखरेलले बताउनुभयो। पीडितहरूलाई नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएको रिट खारेज, फैसलामा के छ ?
- ५२ ‘विपन्न परिवारलाई सपनाको घर’
- संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पारित
- कोलकाता: आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली
- एक वर्षदेखि बन्द छ बेलको जुस उद्योग
- लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी
- इजराइललाई हतियार आपूर्ति रोक्ने राष्ट्रपति बाइडेनको धम्की
- संविधानले किन आकार नै लिनसकेको छैन?
- वनको व्यवस्थापन नभएर बढ्यो डढेलो
- किन रोक्न सकिएन जङ्गली हात्तीको उपद्रो?