रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो।
कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट ६० जनाको मृत्यु र १४५ भन्दा बढी घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले करिब १४५ घाइते भएको मध्ये ६० जनाको अवस्था गम्भीर रहेको बताएका छन्। अग्नि नियन्त्रकहरूले बेसमेन्टबाट करिब १०० जनालाई बाहिर निकालेका छन्। भवनको छानाबाट मानिसलाई लिफ्टिङ उपकरणसहित बचाउने काम जारी छ ।
रुस सरकारले यस घटनालाई आतंकवादी हमला घोषणा गरेको छ।
क्रोकोस कन्सर्ट हल मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक कन्सर्ट हल हो र यसमा छ हजार २०० मनिस बस्न सक्छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चल्ला कोरल्न राप्तीबाट ल्याइयो घडियालका २४७ अण्डा
- के छ स्टार्टअप नीतिमा?
- एकै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश
- ढाकामा रमाउँदै रितु थापामगर
- ‘इकोली’ ले माछा मरेपछि आँधीमूलमा क्षमापूजा
- डढेलोका घटनाः चैतमा १४२४ र वैशाखमा ३२७०
- स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमका लागि १३ मिलियन यूरो
- उच्च रक्तचाप रोग नभएर रोगको कारक
- ‘ड्रोन’ले धपाउला त हात्ती?
- देश विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण क्षेत्र विद्युत्: प्रधानमन्त्री