राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा गाजामा युद्धविरामको माग

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले मुस्लिमहरूको पवित्र महिना रमजानमा गाँजामा चलिरहेको लडाई रोक्नका लागि माग गरेको छ। प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो नलगाएपछि इजरायली प्रधानमन्त्रीले अमेरिकाको विरोध गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उच्चस्तरीय प्रतिनिधि मण्डलसहितको आफ्नो वासिङ्टनको निर्धारित भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री नेतन्याहुले हमासद्वारा बन्धक बनाइएका इजरायलीहरूको रिहाइको बिनासर्त नै युद्ध विरामको प्रस्ताव सुरक्षा परिषद्ले पारित गर्न दिएर अमेरिकाले आफ्नो “सैद्धान्तिक स्थिति”बाट पछाडि हटेको आरोप लगाएका छन्।

अमेरिकाले प्रस्तावमा आफ्नो भिटो शक्ति प्रयोग नगर्ने निर्णय गरेपछि प्रस्ताव १४-० ले पारित भएको थियो। ‌पारित प्रस्तावमा अक्टोबर ७ मा हमासद्वारा अचानक दक्षिण इजरायलमा आक्रमणपछि बन्धक बनाएका सबै बन्धकहरूको रिहाइको माग गरिएको छ।

सुरक्षा परिषद्को विगतका युद्ध विरामको प्रस्तावहरूमा अमेरिकाको भिटो प्रयोगको मुख्य कारण‌ असफल भएको थियो। रसिया र चीनले बिनासर्तको युद्धविरामको आव्हानलाई समर्थन गर्दा अमेरिकाले युद्ध विराम र बन्धकहरूको रिहाइ दुई मुद्दा जोडिएको तर्क गरेको थियो।

सोमबार स्वीकृत सुरक्षा परिषद्को प्रस्तावमा बन्धकहरूको रिहाइको माग गरिएको छ तर यसमा युद्ध विरामको सर्त खुलाएको छैन।

अमेरिकाको तटस्थ बस्ने नीति अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन र इजरायली प्रधानमन्त्री नेतन्याहु बिचको बढ्दो तनाव सतहमा आएको छ। इजरायली सरकारले गाजाको दक्षिणी सहर राफामा जमिन आक्रमण गरी हमास विरुद्ध कारबाही गर्ने योजनालाई अमेरिकाले अस्वीकार गरेको थियो। साथै राष्ट्रपति बाइडेनको प्यालेस्टिनी राज्य निर्माणको लागि गरेका आह्वानलाई समेत इजरायलले खारेज गरेको थियो।

अमेरिकी भ्रमणका क्रममा इजरायली उच्च प्रतिनिधि मण्डलले ह्वाइट हाउसका अधिकारीहरूलाई राफाबारे इजरायलको भावी योजना प्रस्तुत गर्ने कार्यक्रम थियो। स्मरण रहोस् कि राफामा युद्धको भयले १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकहरू आश्रय लिइरहेका छन्।

अमेरिकी ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले बन्दको रिहाइ युद्ध विराम सम्झौताको एकै भागको रूपमा अमेरिकाले सधैँ समर्थन गरिरहेको बताए। क्रिमीले भने “प्रस्तावमा हमासको निन्दा नभएको कारणले हामीले भोट नगरेको हो”।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link