नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेसँगै अमेरिकाले आपत्ति जनाएको छ ।
बुधबार छुट्टाछुट्टै घोषणाहरूमा युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका हुन्। नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय आगामी साताबाट लागु हुने बताइएको छ ।
प्यालेस्टाइनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । तर, इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । प्यालेस्टिनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएका छन् । अमेरिकाले यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
