शनिवार अमेरिकाको पेन्सिलभेनियामा एक र्यालीमा बोल्दै गर्दा डोनाल्ड ट्रम्पमाथि गोली हानी हत्याको प्रयास गरिएको छ । पूर्व राष्ट्रपति ट्रम्पको कानमा बन्दुकको गोलीले चोट लागेको छ । ट्रम्पलाई उनका गोप्य सेवा आधिकारीहरूले तुरुन्तै बाहिर निकालेर सुरक्षित स्थान तर्फ लागेका थिए । ट्रम्पका चुनावी अभियानका संयोजकका अनुसार उनी ठिक रहेको बताइएको छ ।
घटनामा सन्दिग्ध बन्दुकधारी र कम्तीमा एक सहभागीको मृत्यु भएको छ । गोप्य सेवा सुरक्षाकर्मीका अनुसार दुई दर्शक गम्भीर घाइते भएका छन् ।
गोली प्रहारको करिब साढे दुई घण्टापछि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने – “गोलीले मेरो दाहिने कानको माथिल्लो भाग छेडिएको छ” ।
अगाडी ट्रम्पले पोस्टमा लेखेका छन् – “मलाई तुरुन्तै थाहा भयो कि यस सभामा केही गडबड भएको छ । मैले गोलीको मसिनो आवाज सुने । त्यसलगत्तै गोलीले कानको छाला च्यातिएको महसुस गरेँ र कानबाट धेरै रगत बग्यो” ।
कानुन अधिकारीहरूका अनुसार गोप्य सेवा कर्मीले एक बन्दुकधारी मारेको भनेका छन् । यो आक्रमण सन् १९८१ मा रोनाल्ड रेगनलाई गोली हानेको घटनापछि राष्ट्रपति वा राष्ट्रपति पदका उम्मेदवारको हत्या गर्ने पहिलो प्रयास थियो ।
गहिरो ध्रुवीकृत राजनीतिक वातावरणको बिचमा यो घटना भएको छ । अमेरिकी राष्ट्रपति चुनावमा अब चार महिना मात्रै बाँकी छ । ट्रम्पलाई आफ्नो पार्टीको महाधिवेशनमा आधिकारिक रूपमा रिपब्लिकन उम्मेदवारको घोषणा गर्न केही दिन बाँकी मात्रै छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
- जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
- केराखेतीबाटै चौधरीले कमाउँछन् वार्षिक १४ लाख
- प्रजातन्त्र सेनानी मुकुन्द शर्माको जीवनी प्रकाशित
- म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
- दही बेचेरै घर चलाउँछन् लक्ष्मण यादव
- बाह्र वर्ष अघि निर्माण सुरु भएको सगरमाथा हवाई मैदान अलपत्र
- दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
- गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु