इजरायली हिरासतमा हमासका नेता मुस्तफा मोहम्मद अबू आराको मृत्यु

वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रवार बताएका छन् ।

प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो ।

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबू आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट उहाँको मृत्यु भएकाे हाम्रो ठहर छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन् ।

यस विषयमा इजरायली सेनाले प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link