हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी दिएको छ ।
पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आउनुभएको छ ।
यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
यस अघि छ जना बन्धकहरूलाई “मृत्युदण्ड“ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
